भारतपछि युवतीलाई बेहोस बनाएर कपाल काट्ने घटना नेपालमा, रुपन्देहीमा ५ युवतीको कपाल काटियो
रुपन्देही, ४ भदौं । युवतीलाई बेहोस बनाएर कपाल काट्ने घटना रुपन्देहीमा पनि देखिएको छ । केही समयदेखि भारतका विभिन्न स्थानमा व्यापक चर्चामा आएको यो घटना अब नेपाली क्षेत्रमा समेत देखिन थालेको हो । भारतका विभिन्न राज्यमाहरु यसले निकै आतंक मच्चाएको थियो । जुन विषयले भारतीय सुरक्षा अधिकारी तथा सम्बन्धित निकायको टाउँको दुखाईको विषय बनेको थियो ।
उक्त घटनाको विषयमा छानविन गर्न भारतीय प्रहरीले निकै समय जनशक्ति परिचालन गर्नुपरेको थियो । अन्ततः उक्त घटनाका मुख्य योजनाकार पक्राउ परेका थिए । तर अहिले भने नेपाली सीमावर्ती क्षेत्रमा यो घटना देखिन थालेको छ । जसले गर्दा आमजनमानसमालाई भयवित बनाएको छ । रुपन्देहीको भगवानपुरकी ताइरा खातुन आइतबार दिउँसो एक्कासी बेहोस भइन्। आफन्त र स्थानीयले भीम अस्पताल लगे।
अपरान्ह होस आएपछि बसिरहेका बेला आफूहरुलाई रिंगटा लागेको र कसैले आफ्नो कपाल काटिदिएको बताइन्। कसले कपाल काटिदिएको भन्ने विषयमा उनले केही बताउन सकिनन्। उनले भनिन् ‘चकमन्न भएजस्तै भयो, मैले आफ्नै कपाल काटिएको अवस्थामा देखेँ अनि बेहोस भए। ‘ त्यस्तै आइतबार विहान लुम्बिनी सांस्कृतिक नगरपालिकाकी २ युवतीको पनि कपाल काटिएको छ।
उनीहरु पनि खातुन जस्तै बेहोस भए । अस्पताल पुर्याएपछि उनीहरुको होस खुलेको छ। अहिले रुपन्देही जिल्लामा ५ जना युवतीहरुको कपाल काटिएको र बेहोस भएको प्रहरीले बताएको छ । कपिलवस्तुको पकडी क्षेत्रमा पनि यस्तै समस्या एक युवतीमा पाइएको छ। तर प्रहरीले भने यस विषयमा हल्ला सुनेपनि प्रहरीमा कुनै जानकारी नआएको बताएको छ। यस्तो हल्ला सुनेको तर प्रहरीमा लिखित रुपमा उजुरी दिन कोही नआएको जिल्ला प्रहरी प्रमुख भोजजंग शाहले जानकारी दिए ।
रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले भारतका विभिन्न स्थानमा देखा परेको समस्या सीमावर्ती जिल्लाहरुमा पनि देखिएको बताए। यसरी बेहोस हुने र कपाल काटिएकामा १७ वर्षदेखि २५ वर्षसम्मका युवती छन् । समस्या देखिएपछि रुपन्देही प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीलाई अनुसन्धान गर्ने जिम्मा दिएको छ। प्रहरीले चिकित्सकसहित बेहोस भएकाहरुको उपचार सुरु गरेको छ भने घटनालाई अन्य मोडबाट अनुसन्धान सुरु गरेको छ।
‘बेहोस भएकाहरुमा स्वास्थ्य समस्या के छ त्यो पनि हामी हेरिरहेका छौं,’ रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले भने । महिलालाई कपाल काट्दिएर, समाजमा अपहेलित गर्ने मनसाय कुनै समूहको हुन सक्ने भन्दै त्यतातिरबाट पनि अनुसन्धान गरिएको उनले बताए।
Comments
अरु समाचार
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...












