टीकापुर घटनाका आरोेपी दुई वर्ष देखि पुर्पक्षमै कारागारमा बस्दै
कैलाली, १४ भदौ । टीकापुर घटनाका आरोपी दुई वर्षदेखि पुर्पक्षमै रहेका छन् । दुई अघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको हत्या गरिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलगायतलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढायो ।
थारु कल्याणकारिणी सभालाई नेतृत्व दिएकै कारण तत्कालीन थारु कल्याणकारिणी सभाका अध्यक्ष लाहुराम चौधरी समेत पक्राउ परे । एकातिर लेखनदासको काम गरिरहेका लाहुराम टीकापुर घटना भएका दिन धनगढीमै भएपनि, जिल्ला भरीको आन्दोलनको नेतृत्व लिएकै कारण उनले जेल जानु परेका हो । तर अहिले उनको परिवारको कन्तविजोग भएको छ ।
जेलपर्नु अघि उनले एनआईसी एशीया बैंकबाट लिएको १५ लाख ऋण भदौ मसान्तभीत्र चुक्ता गर्नुपर्ने आसयको पत्र उनको घरमा पुगिसकेको छ । ‘दुई वर्षसम्म पुर्पक्षकै नाममा जेलमा रहनुको पिडा एकातिर छदैछ भने अझ धनगढी उपमहानगरपालिका ३ मिलनचोकमा रहेको एककट्ठा जग्गा र त्यसमा बनेको घर लिलामीको चिन्ताले सताएको छ’ लाहुरामले भने । लाहुरामको ऋण चुक्ताका लागि तीन पटक उनको नाम पत्रपत्रिकामा प्रकासित भईसकेको छ ।
लाहुरामले आफु जेलमा रहेको र घरमा श्रीमती र छोरा मात्र भएकाले त्यत्रो रकम तिर्न नसक्ने भन्दै गृहमन्त्रालयलाई आफुलाई सुकुम्बासी हुनबाट जोगाउन विन्तीपत्र पठाउनु भएको छ । कैलाली कारागारबाट सिफारिस भएर जिल्ला प्रशासन कार्यालय कैलालीले लाहुरामको घरमा समस्या भएको भन्दै उनलाई उक्त ऋण मिनाहाका लागि सिफारिस पनि गरेको छ ।
लाहुरामले आफ्नो मील बन्द भएपनि आफुसँग झण्डै डेढलाख पर्ने कलात्मक सोफाहरु रहेकाले किनिदिन जेलबाटै आग्रह पनि गरेका छन । ‘मेरो तीन सेट फर्निचर कसैले किनिदियो भने मेरो ब्याजकै लागि पनि सहज हुनेथियो’ उनले भने । लाहुराम मात्रै होईन, टीकापुर घटनामा संलग्न भएको आरोपमा कैलाली कारागारमा रहेका २५ जना मध्ये अधिकांसको घरबार चलाउन समस्या छ ।
यस्तै ऋण लिएका र त्यसपछि पक्राउ परेका धेरै थारु समुदायका युवाहरु आफ्नो घर ब्यवहार चलाउन समस्या भएको बताउछन । ‘टीकापुरको जनकल्याण सहकारीबाट जेल पुर्न अघि लिएको २० हजार ऋणको अहिले ब्याज समेत जोडेर ३६ हजार पुगेको छ । ‘घरमा खानैका लागि समस्या छ भने श्रीमतीले त्यो ऋण कसरी तिर्ने ?’ कारागारमै रहेका विरबहादुर चौधरीले भने ।
टीकापुरमा मधेसी नेताहरुको कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउ परेका अर्का थारु युवा विश्राम चौधरी पनि टीकापुरको छिमेक लघुवित्तबाट निकालेको १० हजार र ग्रामीण विद्युत सहकारीबाट निकालेको एक लाख ४० हजारको ब्याज सहित २ लाख ऋण नाघेको बताउछन । ‘मेरो परिवारलाई समुहबाटै निकालि दिएको रहेछ, दुई छोरी र श्रीमतीको विजोग भएको छ’ विस्रामले भने ।
विस्राम चौधरी अपांग हुन । उनकी श्रीमती टीकापुरकै ईटा भट्टमा ईटा पाथने र बोक्ने काम गर्छिन । ‘१० धुर एलानीका बसेको छु, मेरो ऋण मात्रै तिर्न सकेको भए, जेलमा पनि तनाव हुने थिएन’ उनले भने । गाउँघरमा सामान्य आपतविपतका बेला आर्थिक समस्या टार्ने भनेका समुह हुन, तर उनको परिवारलाई लामो समयसम्म ऋण नतिरेको भन्दै समुहबाटै निकालिएको हो ।
टीकापुर घटनामै संलग्न भएको आरोपमा पक्राउ परेका साविकको थापापुर गाविस र अहिलेको भजनी नगरपालिका ८ का जीतबहादुर डँगौराको पनि डेढ विघा जग्गा टीकापुरमा रहेको एभरेष्ट बैंकमा ८ लाख धितोमा छ । उनले जोशीपुरमा रहेको साझा विकास बैंकबाट ५ लाख पनि ऋण लिएको बताए । टीकापुर घटनामा संलग्न भएको आरोपमा फोरम लोकतान्त्रीकका क्षेत्र नम्बर ३ का अध्यक्ष रामप्रसाद चौधरी पनि आफु थारु अधिकारको आन्दोलनमै लागेका कारण पक्राउ परेको बताउछन ।
टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेका २५ जना थारु युवाहरु कैलाली कारागारमा छन । उनीहरु सबैलाई डाँकाचोरी, कर्तब्य ज्यान र हातहतियार गरी तीन/तीन वटा मुद्धा लगाईएका छन । जेलमै रहेका फोरम लोकतान्त्रीकका केन्द्रिय सदस्य लक्ष्मण थारु भन्छन्, ‘हामी माथि राजनीतिक बेईमनी भयो, मेरै पार्टी तीन÷तीन पटक सरकारमा गयो तर हामी २५ जनालाई धरौटीमा राखेर सरकारमा जाने काम भएको छ ।’
उनले धनीराम चौधरी र रामजनम चौधरीले त्यतीबेलाको आन्दोलन हाकिरहेको भन्दै अरु निर्दोशहरु पक्राउ परेको बताए । हुन त सरकारले २०७२ को भदौ ८ गते भएको आगजनी र तोडफोडका पिडितलाई झण्डै ११ करोड क्षतीपुर्ती बाँडेको छ । जेलमा रहेकाहरुले त्यसलाई सरकारको राम्रो कदम पनि भनेका छन, तर दुई/दुई वर्षसम्म पुर्पक्ष कुनै न्यायालयले नराख्ने उनीहरुको भनाई छ । ‘या त कुनै फैसला सुनाउनु पर्यो, या रिहा गर्नुपर्यो, दुई दुई वर्षसम्म पुर्पक्षका नाममा कारागारमा राख्नु अन्याय हो’ फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य समेत रहेका लक्ष्मण थारुले भने ।
पिडित परिवारद्वारा पनि न्यायको माग
प्रहरी वरिष्ठ उपरिक्षक, दुई जना प्रहरी निरिक्षक सहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको सो घटना बेला बेला राजनीतिक आन्दोलन हो भनेर पनि चर्चामा आउछ । तर पिडितका परिवार भने त्यो मान्न तयार छैनन । उनीहरुले हत्याराहरुलाई राजनीतिक हिसावले उन्मुक्ती दिन खोजीएको आरोप पनि लगाएका छन् ।
‘देशको रक्षा गर्नका लागि ज्यानको आहुती दिनेहरुलाई राज्यले सम्मान दिन सकेन्, हत्याराहरुलाई उन्मुक्ती दिएर जोगाउने चलखेल भईरहेको छ’ टीकापुर घटनामा ज्यान गुमाउनु भएका प्रहरी निरिक्षक केशव बोहराका बुबा प्रेम सिह बोहराले भन्नुभयो । ‘हामीहरुले पनि न्याय पाउनुपर्छ नत्र राजनीतिको आडमा दोषीलाई बचाउने षडयन्त्र भएमा न्यायका लागि लड्छौ ।’
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











