टीकापुर घटनाका आरोेपी दुई वर्ष देखि पुर्पक्षमै कारागारमा बस्दै
कैलाली, १४ भदौ । टीकापुर घटनाका आरोपी दुई वर्षदेखि पुर्पक्षमै रहेका छन् । दुई अघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको हत्या गरिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलगायतलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढायो ।
थारु कल्याणकारिणी सभालाई नेतृत्व दिएकै कारण तत्कालीन थारु कल्याणकारिणी सभाका अध्यक्ष लाहुराम चौधरी समेत पक्राउ परे । एकातिर लेखनदासको काम गरिरहेका लाहुराम टीकापुर घटना भएका दिन धनगढीमै भएपनि, जिल्ला भरीको आन्दोलनको नेतृत्व लिएकै कारण उनले जेल जानु परेका हो । तर अहिले उनको परिवारको कन्तविजोग भएको छ ।
जेलपर्नु अघि उनले एनआईसी एशीया बैंकबाट लिएको १५ लाख ऋण भदौ मसान्तभीत्र चुक्ता गर्नुपर्ने आसयको पत्र उनको घरमा पुगिसकेको छ । ‘दुई वर्षसम्म पुर्पक्षकै नाममा जेलमा रहनुको पिडा एकातिर छदैछ भने अझ धनगढी उपमहानगरपालिका ३ मिलनचोकमा रहेको एककट्ठा जग्गा र त्यसमा बनेको घर लिलामीको चिन्ताले सताएको छ’ लाहुरामले भने । लाहुरामको ऋण चुक्ताका लागि तीन पटक उनको नाम पत्रपत्रिकामा प्रकासित भईसकेको छ ।
लाहुरामले आफु जेलमा रहेको र घरमा श्रीमती र छोरा मात्र भएकाले त्यत्रो रकम तिर्न नसक्ने भन्दै गृहमन्त्रालयलाई आफुलाई सुकुम्बासी हुनबाट जोगाउन विन्तीपत्र पठाउनु भएको छ । कैलाली कारागारबाट सिफारिस भएर जिल्ला प्रशासन कार्यालय कैलालीले लाहुरामको घरमा समस्या भएको भन्दै उनलाई उक्त ऋण मिनाहाका लागि सिफारिस पनि गरेको छ ।
लाहुरामले आफ्नो मील बन्द भएपनि आफुसँग झण्डै डेढलाख पर्ने कलात्मक सोफाहरु रहेकाले किनिदिन जेलबाटै आग्रह पनि गरेका छन । ‘मेरो तीन सेट फर्निचर कसैले किनिदियो भने मेरो ब्याजकै लागि पनि सहज हुनेथियो’ उनले भने । लाहुराम मात्रै होईन, टीकापुर घटनामा संलग्न भएको आरोपमा कैलाली कारागारमा रहेका २५ जना मध्ये अधिकांसको घरबार चलाउन समस्या छ ।
यस्तै ऋण लिएका र त्यसपछि पक्राउ परेका धेरै थारु समुदायका युवाहरु आफ्नो घर ब्यवहार चलाउन समस्या भएको बताउछन । ‘टीकापुरको जनकल्याण सहकारीबाट जेल पुर्न अघि लिएको २० हजार ऋणको अहिले ब्याज समेत जोडेर ३६ हजार पुगेको छ । ‘घरमा खानैका लागि समस्या छ भने श्रीमतीले त्यो ऋण कसरी तिर्ने ?’ कारागारमै रहेका विरबहादुर चौधरीले भने ।
टीकापुरमा मधेसी नेताहरुको कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउ परेका अर्का थारु युवा विश्राम चौधरी पनि टीकापुरको छिमेक लघुवित्तबाट निकालेको १० हजार र ग्रामीण विद्युत सहकारीबाट निकालेको एक लाख ४० हजारको ब्याज सहित २ लाख ऋण नाघेको बताउछन । ‘मेरो परिवारलाई समुहबाटै निकालि दिएको रहेछ, दुई छोरी र श्रीमतीको विजोग भएको छ’ विस्रामले भने ।
विस्राम चौधरी अपांग हुन । उनकी श्रीमती टीकापुरकै ईटा भट्टमा ईटा पाथने र बोक्ने काम गर्छिन । ‘१० धुर एलानीका बसेको छु, मेरो ऋण मात्रै तिर्न सकेको भए, जेलमा पनि तनाव हुने थिएन’ उनले भने । गाउँघरमा सामान्य आपतविपतका बेला आर्थिक समस्या टार्ने भनेका समुह हुन, तर उनको परिवारलाई लामो समयसम्म ऋण नतिरेको भन्दै समुहबाटै निकालिएको हो ।
टीकापुर घटनामै संलग्न भएको आरोपमा पक्राउ परेका साविकको थापापुर गाविस र अहिलेको भजनी नगरपालिका ८ का जीतबहादुर डँगौराको पनि डेढ विघा जग्गा टीकापुरमा रहेको एभरेष्ट बैंकमा ८ लाख धितोमा छ । उनले जोशीपुरमा रहेको साझा विकास बैंकबाट ५ लाख पनि ऋण लिएको बताए । टीकापुर घटनामा संलग्न भएको आरोपमा फोरम लोकतान्त्रीकका क्षेत्र नम्बर ३ का अध्यक्ष रामप्रसाद चौधरी पनि आफु थारु अधिकारको आन्दोलनमै लागेका कारण पक्राउ परेको बताउछन ।
टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेका २५ जना थारु युवाहरु कैलाली कारागारमा छन । उनीहरु सबैलाई डाँकाचोरी, कर्तब्य ज्यान र हातहतियार गरी तीन/तीन वटा मुद्धा लगाईएका छन । जेलमै रहेका फोरम लोकतान्त्रीकका केन्द्रिय सदस्य लक्ष्मण थारु भन्छन्, ‘हामी माथि राजनीतिक बेईमनी भयो, मेरै पार्टी तीन÷तीन पटक सरकारमा गयो तर हामी २५ जनालाई धरौटीमा राखेर सरकारमा जाने काम भएको छ ।’
उनले धनीराम चौधरी र रामजनम चौधरीले त्यतीबेलाको आन्दोलन हाकिरहेको भन्दै अरु निर्दोशहरु पक्राउ परेको बताए । हुन त सरकारले २०७२ को भदौ ८ गते भएको आगजनी र तोडफोडका पिडितलाई झण्डै ११ करोड क्षतीपुर्ती बाँडेको छ । जेलमा रहेकाहरुले त्यसलाई सरकारको राम्रो कदम पनि भनेका छन, तर दुई/दुई वर्षसम्म पुर्पक्ष कुनै न्यायालयले नराख्ने उनीहरुको भनाई छ । ‘या त कुनै फैसला सुनाउनु पर्यो, या रिहा गर्नुपर्यो, दुई दुई वर्षसम्म पुर्पक्षका नाममा कारागारमा राख्नु अन्याय हो’ फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य समेत रहेका लक्ष्मण थारुले भने ।
पिडित परिवारद्वारा पनि न्यायको माग
प्रहरी वरिष्ठ उपरिक्षक, दुई जना प्रहरी निरिक्षक सहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको सो घटना बेला बेला राजनीतिक आन्दोलन हो भनेर पनि चर्चामा आउछ । तर पिडितका परिवार भने त्यो मान्न तयार छैनन । उनीहरुले हत्याराहरुलाई राजनीतिक हिसावले उन्मुक्ती दिन खोजीएको आरोप पनि लगाएका छन् ।
‘देशको रक्षा गर्नका लागि ज्यानको आहुती दिनेहरुलाई राज्यले सम्मान दिन सकेन्, हत्याराहरुलाई उन्मुक्ती दिएर जोगाउने चलखेल भईरहेको छ’ टीकापुर घटनामा ज्यान गुमाउनु भएका प्रहरी निरिक्षक केशव बोहराका बुबा प्रेम सिह बोहराले भन्नुभयो । ‘हामीहरुले पनि न्याय पाउनुपर्छ नत्र राजनीतिको आडमा दोषीलाई बचाउने षडयन्त्र भएमा न्यायका लागि लड्छौ ।’
Comments
अरु समाचार
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...












