सुदूरपश्चिमेलीहरु काठमाडौंमा भेला भएर यसरी गरे दशै तिहारको शुभकामना आदानप्रदान
काठमाडौं, ७ असोज । सुदूरपश्चिम समाज कोटेश्वर, काठमाडौले दशै तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । जन्मथलो सुदूरपश्चिम भएर आफ्नो कर्म थलो काठमाडौंलाई बनाईराखेकाहरुको साझाँ संस्थाको रुपमा परिचित यस सस्थाले नेपालीहरुको महान पर्व दशै तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । पूर्व गृहमन्त्री एवंम नेकपा एमाले उपाध्यक्ष भिम रावलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व उद्योगमन्त्री कर्ण बहादुर थापा, पुर्वमन्त्री छविराज पन्त लगायतको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम समाजका अध्यक्ष केशव बहादुर सावदको सभापतित्वमा सम्पन्न कार्यक्रममा मान बहादुर सावदले स्वागत मन्तव्य राख्नुभएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुदै एमाले उपाध्यक्ष भिम रावलले मुलुक अव आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको दिशामा होमिएको बताएका थिए । नेपाल अहिले तिनै तहको निर्वाचनको संघारमा रहेको परिपेक्षमा यसले मुलुकलाई नयाँ दिशाबाट अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
रावलले केही तत्वहरुले मुलुकलाई जातजाति, भाषा र संस्कृतिको आधारमा द्धन्द्ध मच्चाउने प्रयासमा लागिरहेको आरोप लगाउनुभयो । सबै मिलेर बसेको नेपाली समाजलाई विदेशीको ईसारामा आन्तरिक द्धन्द्ध मच्चाउने खेल भईरहेको भन्दै यस्ता तत्वबाट सबैले बच्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा पूर्व उद्योगमन्त्री कर्ण बहादुर थापा, पुर्वमन्त्री छविराज पन्त, प्राज्ञ तथा डेउडा गायक यज्ञराज उपाध्याय, मायाप्रकाश भट्ट, नयाँ शक्तिका शंकर भण्डारी, अनेरास्ववियुका केन्द्रीय सचिव डिवि साउद, भैरव बोहरा, सिव ठकुल्ला लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुको भाषण देखि लोकसांस्कृतिक कार्यक्रम सम्म राखिएको थियो । कार्यक्रममा लोक देउडा गायक तथा प्राज्ञ यज्ञराज उपाध्याय, देउडा गायक सुर्य विरही साउँदले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा एमाले उपाध्यष भिम रावलले समेत अछामी भाषामा कविता सुनाएका थिए । उपाध्यक्ष रावलले अछामी भाषामा कविता सुनाउँदा कार्यक्रममा उपस्थित सबैको तालिको गडगडाहत भएको थियो । रावलले सुनाएको कविता यस्तो थियोः
‘दशैं आउँदो, त्यार आउँदो, खुशी हुदाँ हामी
निकाई भया, रामडाई भया, सबै सुदुरबासी,
बालेर मनको दियो, छर्दै उज्यालाो यहाँ,
उठाउँदै देशको शिर सगरमाथा सरि यहाँ
भावना मिलाई सबै एकचित्तले अघि सरी
प्रेम र श्रद्धा सबमा राखेर हृदयभरी
खोलेर मनको ढोका पूर्ण होउन चाहना
सम्बृद्धि सुखको लागि हार्दिक शुभकामना ।’
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












