सुदूरपश्चिमेलीहरु काठमाडौंमा भेला भएर यसरी गरे दशै तिहारको शुभकामना आदानप्रदान
काठमाडौं, ७ असोज । सुदूरपश्चिम समाज कोटेश्वर, काठमाडौले दशै तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । जन्मथलो सुदूरपश्चिम भएर आफ्नो कर्म थलो काठमाडौंलाई बनाईराखेकाहरुको साझाँ संस्थाको रुपमा परिचित यस सस्थाले नेपालीहरुको महान पर्व दशै तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । पूर्व गृहमन्त्री एवंम नेकपा एमाले उपाध्यक्ष भिम रावलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व उद्योगमन्त्री कर्ण बहादुर थापा, पुर्वमन्त्री छविराज पन्त लगायतको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम समाजका अध्यक्ष केशव बहादुर सावदको सभापतित्वमा सम्पन्न कार्यक्रममा मान बहादुर सावदले स्वागत मन्तव्य राख्नुभएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुदै एमाले उपाध्यक्ष भिम रावलले मुलुक अव आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको दिशामा होमिएको बताएका थिए । नेपाल अहिले तिनै तहको निर्वाचनको संघारमा रहेको परिपेक्षमा यसले मुलुकलाई नयाँ दिशाबाट अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
रावलले केही तत्वहरुले मुलुकलाई जातजाति, भाषा र संस्कृतिको आधारमा द्धन्द्ध मच्चाउने प्रयासमा लागिरहेको आरोप लगाउनुभयो । सबै मिलेर बसेको नेपाली समाजलाई विदेशीको ईसारामा आन्तरिक द्धन्द्ध मच्चाउने खेल भईरहेको भन्दै यस्ता तत्वबाट सबैले बच्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा पूर्व उद्योगमन्त्री कर्ण बहादुर थापा, पुर्वमन्त्री छविराज पन्त, प्राज्ञ तथा डेउडा गायक यज्ञराज उपाध्याय, मायाप्रकाश भट्ट, नयाँ शक्तिका शंकर भण्डारी, अनेरास्ववियुका केन्द्रीय सचिव डिवि साउद, भैरव बोहरा, सिव ठकुल्ला लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुको भाषण देखि लोकसांस्कृतिक कार्यक्रम सम्म राखिएको थियो । कार्यक्रममा लोक देउडा गायक तथा प्राज्ञ यज्ञराज उपाध्याय, देउडा गायक सुर्य विरही साउँदले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा एमाले उपाध्यष भिम रावलले समेत अछामी भाषामा कविता सुनाएका थिए । उपाध्यक्ष रावलले अछामी भाषामा कविता सुनाउँदा कार्यक्रममा उपस्थित सबैको तालिको गडगडाहत भएको थियो । रावलले सुनाएको कविता यस्तो थियोः
‘दशैं आउँदो, त्यार आउँदो, खुशी हुदाँ हामी
निकाई भया, रामडाई भया, सबै सुदुरबासी,
बालेर मनको दियो, छर्दै उज्यालाो यहाँ,
उठाउँदै देशको शिर सगरमाथा सरि यहाँ
भावना मिलाई सबै एकचित्तले अघि सरी
प्रेम र श्रद्धा सबमा राखेर हृदयभरी
खोलेर मनको ढोका पूर्ण होउन चाहना
सम्बृद्धि सुखको लागि हार्दिक शुभकामना ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












