जुवाको खालबाट साढे ३ लाख नगद र सरकारी कर्मचारीसहित १८ जना पक्राउ
दाङ, ८ कात्तिक । जुवाको खालबाट सरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका छन् । दाङमा जुवाको खालवाट ३ लाख ५९ हजार रुपैयाँ नगद र सरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय अमेलीयाको संयुक्त टोलीले लमही नगरपालिका वडा नम्बर ७ तेलियामा रहेको टंक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट गएराति नगदसहित १८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए ।
जुवा खेलिरहेका अधिकांशले मादक पदार्थ सेवन गरेका थिए । पक्राउ परेका व्यक्तिहरुलाई जुवा ऐन अनुसार कारवाहीको तयारी गरिएको छ ।
पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ७ निवासी सरकारी कर्मचारी ४४ वर्षका टोप बहादुर वली, ३२ वर्षका देवेन्द्र खड्का, ४३ वर्षका भिम बहादुर घर्ती, ४३ वर्षका खिमलाल वली, २४ वर्षका विमल खड्का, ३५ वर्षका प्रकाश कार्की, २३ वर्षका अजय कौशल, ३७ वर्षिय हरिप्रसाद भण्डारी, २५ वर्षिय शन्दिप अधिकारी, २६ वर्षका रमेश मगर, ४२ वर्षका राजेश कौशल, लिला वली रहेका छन् ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ निवासी २८ वर्षकासरोज वस्नेत, १८ वर्षका मनोज वस्नेत, ४४ वर्षका ईन्द्रबहादुर वस्नेत, ३५ वर्षका नरेन्द्र सिंह, २४ वर्षका सुवास भण्डारी जुवाको खालवाट पक्राउ परेका हुन् ।
Comments
अरु समाचार
-
आज चार मन्त्री थपिँदै, शपथ पनि आजै
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन्...
-
वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक: महामन्त्री विश्वप्रकाश शर्मा !
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जालमा...
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...












