जुवाको खालबाट साढे ३ लाख नगद र सरकारी कर्मचारीसहित १८ जना पक्राउ
दाङ, ८ कात्तिक । जुवाको खालबाट सरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका छन् । दाङमा जुवाको खालवाट ३ लाख ५९ हजार रुपैयाँ नगद र सरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय अमेलीयाको संयुक्त टोलीले लमही नगरपालिका वडा नम्बर ७ तेलियामा रहेको टंक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट गएराति नगदसहित १८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए ।
जुवा खेलिरहेका अधिकांशले मादक पदार्थ सेवन गरेका थिए । पक्राउ परेका व्यक्तिहरुलाई जुवा ऐन अनुसार कारवाहीको तयारी गरिएको छ ।
पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ७ निवासी सरकारी कर्मचारी ४४ वर्षका टोप बहादुर वली, ३२ वर्षका देवेन्द्र खड्का, ४३ वर्षका भिम बहादुर घर्ती, ४३ वर्षका खिमलाल वली, २४ वर्षका विमल खड्का, ३५ वर्षका प्रकाश कार्की, २३ वर्षका अजय कौशल, ३७ वर्षिय हरिप्रसाद भण्डारी, २५ वर्षिय शन्दिप अधिकारी, २६ वर्षका रमेश मगर, ४२ वर्षका राजेश कौशल, लिला वली रहेका छन् ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ निवासी २८ वर्षकासरोज वस्नेत, १८ वर्षका मनोज वस्नेत, ४४ वर्षका ईन्द्रबहादुर वस्नेत, ३५ वर्षका नरेन्द्र सिंह, २४ वर्षका सुवास भण्डारी जुवाको खालवाट पक्राउ परेका हुन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












