नेपालमै पहिलो पटक एसएमएस क्विज कन्टेस्ट प्रतियोगिता सुरु
काठमाडौं, १२ कात्तिक । नेपालमै पहिलो पटक एसएमएस क्विज कन्टेस्ट प्रतियोगिता सुरु गरिएको छ । क्रिस मिडिया एण्ड रिसर्च प्रा.लि. द्धारा सञ्चालित क्विज कन्टेस्ट नेपालले एसएमएस मार्फत प्रतियोगिता सुरु गरेको हो । प्रतियोगितामा भाग लिन नेपाल टेलिकमको सिम कार्ड प्रयोगकर्ता हुनुपर्ने हुन्छ ।
प्रतियोगितामा सहभागिहरुले दैनिक, साप्ताहिक र मासिक गरी तीन चरणमा पुरस्कार जित्न सक्नेछन् । दैनिक सबैभन्दा बढी प्रश्नको उत्तर दिनसक्नेले एउटा स्मार्टफोन पुरस्कारस्वरुप पाउने सञ्चालक दिप लिंथेपले जानकारी दिए । नेपाल टेलिकम मोवाईल प्रयोगकर्ताहरुले मोवाईलको म्यासेजबक्समा गई Q लेखेर ३१०१० मा पठाउनुपर्ने हुन्छ ।
त्यसपछि मोवाईलमा आएको रिप्लाईको आधारमा सबैभन्दा बढी पोईन्ट पाउनेले दैनिक स्मार्टफोन जित्न सक्नेछन् । त्यस्तै साप्ताहिक रुपमा ल्यापटप र मासिक रुपमा एकजनाले SUZUKI GIXXER BIKE पाउनेछन् । नेपालमै पहिलो पटक सञ्चालन गरिएको एसएमएस क्विज कन्टेस्टमा दिनप्रतिदिन उत्साहनजक सहभागिता भईरहेको सञ्चालक लिंथेपले जानकारी दिए ।
रसियन टेक्नोलोजीमा आधारित भएर नेपालमा पहिलो पटक भित्रिएको एसएमएस क्विज कन्टेस्टमा सहभागिहरुको संख्या बढ्दै गईरहेको उनको भनाई छ । यसवारेको विस्तृत जानकारी www.quizcontestnepal.com वोईवसाईटमा राखिएको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको...
-
विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै
बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण...
-
एमालेले दरबारमार्गमा आज जागरण सभा गर्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले आज शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह...
-
अल्झनमा नलागेर जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको...
-
इजरायली सेनाको पछिल्लो आक्रमणमा ८८ प्यालेस्टाइनीको ज्यान गयो
न्युयोर्क । इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा...
-
पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित
बागमती : बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन...
-
स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्...
-
आज विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको...
-
“उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ”
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन् । नेपाल डेमोक्र्याटिक...