यू-१९ क्रिकेट तेस्रो अभ्यास खेलमा नेपालद्धारा बंगलादेश ६ विकेटले पराजित
काठमाडौं, १९ कात्तिक । यू-१९ टिमसँगको तेस्रो अभ्यास खेलमा नेपालले बंगलादेशलाई ६ विकेटले हराएको छ । नेपाल यसअघिका दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा गत बिहीबार नेपाल तीन विकेटले हारेको थियो भने दोस्रो खेल शनिबार १२३ रनले पराजित भएको थियो ।
बंगलादेशले दिएको २२६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ४६.३ ओभरमै पूरा गर्यो । नेपाली ब्याट्सम्यानहरुको शानदार प्रदर्शन रहेको आजको खेलमा ओपनर आसिफ शेखले ९० रन बनाए । उनले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि आसिफले जितेन्द्र सिंहसँग मिलेर १३९ रनको ठोष साझेदारी गरेका थिए । सिंह ४५ रनमा आउट भएपछि आएका अनिल साहले १५ रनमात्र बनाउन सके । रोहित पौडेलले पनि नेपालको खातामा २५ रन थपे ।
कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ बलमा ३ चौकाको सहायताले २७ रजको अविजित पारी खेले । १० बलमा १३ रन बनाएका भीम सार्कीले छक्का प्रहार गर्दै नेपाललाई ६ विकेटको जित सुनिश्चित गरेका थिए ।
बलिङतर्फ बंगलादेशका रोनी हसन, काजी अनिक इस्लाम, शाखावात हुसेन र सइफ हसनले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेश यू-१९ ले निर्धारित ओभरमा ७ विकेट गुमाएर २२५ रनको योगफल बनँएको थियो ।
नेपाली र बंगलादेशी टोली आगामी कात्तिक २४ देखि मंसिर ३ सम्म मलेसियामा हुने एसीसी यू-१९ एसियाकपको तयारीमा छन् । प्रतियोगितामा दुवै टोली एकै समूहमा छन् । नेपाल र बंगलादेशका अलावा आयोजक मलेसिया र भारत समूह ए मा छ ।
नेपालले आफ्नो पहिलो खेल कात्तिक २५ गते बंगलादेशसँगै खेल्नेछ । दोस्रो खेल २६ गते साविक बिजेता भारतसँग र तेस्रो खेल २८ गते आयोजक मलेसियासँग खेल्नेछ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












