यू-१९ क्रिकेट तेस्रो अभ्यास खेलमा नेपालद्धारा बंगलादेश ६ विकेटले पराजित
काठमाडौं, १९ कात्तिक । यू-१९ टिमसँगको तेस्रो अभ्यास खेलमा नेपालले बंगलादेशलाई ६ विकेटले हराएको छ । नेपाल यसअघिका दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा गत बिहीबार नेपाल तीन विकेटले हारेको थियो भने दोस्रो खेल शनिबार १२३ रनले पराजित भएको थियो ।
बंगलादेशले दिएको २२६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ४६.३ ओभरमै पूरा गर्यो । नेपाली ब्याट्सम्यानहरुको शानदार प्रदर्शन रहेको आजको खेलमा ओपनर आसिफ शेखले ९० रन बनाए । उनले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि आसिफले जितेन्द्र सिंहसँग मिलेर १३९ रनको ठोष साझेदारी गरेका थिए । सिंह ४५ रनमा आउट भएपछि आएका अनिल साहले १५ रनमात्र बनाउन सके । रोहित पौडेलले पनि नेपालको खातामा २५ रन थपे ।
कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ बलमा ३ चौकाको सहायताले २७ रजको अविजित पारी खेले । १० बलमा १३ रन बनाएका भीम सार्कीले छक्का प्रहार गर्दै नेपाललाई ६ विकेटको जित सुनिश्चित गरेका थिए ।
बलिङतर्फ बंगलादेशका रोनी हसन, काजी अनिक इस्लाम, शाखावात हुसेन र सइफ हसनले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेश यू-१९ ले निर्धारित ओभरमा ७ विकेट गुमाएर २२५ रनको योगफल बनँएको थियो ।
नेपाली र बंगलादेशी टोली आगामी कात्तिक २४ देखि मंसिर ३ सम्म मलेसियामा हुने एसीसी यू-१९ एसियाकपको तयारीमा छन् । प्रतियोगितामा दुवै टोली एकै समूहमा छन् । नेपाल र बंगलादेशका अलावा आयोजक मलेसिया र भारत समूह ए मा छ ।
नेपालले आफ्नो पहिलो खेल कात्तिक २५ गते बंगलादेशसँगै खेल्नेछ । दोस्रो खेल २६ गते साविक बिजेता भारतसँग र तेस्रो खेल २८ गते आयोजक मलेसियासँग खेल्नेछ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












