आर्इजी प्रकाश अर्यालको चेतावनीः आर्इजी फेर्ने कुरा गरे कारबाहीमा पर्नुहोला ?
काठमाडौं, २७ कात्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले आफूलाई फेर्न लागेको हल्लाको पछाडी नलाग्न मातहतलाई निर्देशन दिएका छन्। सोमबार बिहान प्रहरी मुख्यालयमा निर्वाचन सुरक्षा ‘ब्रिफिङ’ का लागि भनेर बोलाईएको मिटिङमा उपत्यकाका प्रहरी निरीक्षक कमाण्डर हुने कार्यालयदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बस्ने सबै कार्यालयका प्रमुखलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।
‘चुनाव आईरहेको छ। तपार्इहरु आईजीपी फेर्ने ध्याउन्नमा लागिरहनुभएको छ। आइजीपी फेर्ने काम तपाइँहरुको हो र ? प्रहरी निरीक्षकसम्मका दर्जा आईजीपी फेरिन्छ भन्दै हिंडेको सुनेको छु। कारवाहीका लागि तयार रहनुस्,’ अर्यालको भनाई उदृत गर्दै वैठकमा सहभागी एक प्रहरी अधिकृतले भने, ‘सुपर हिरोईज्मका लागि सामाजिक सञ्जालमा आईजीपी फेर्ने समाचार प्रकाशन गर्न लगाएर के गरेको ? कसैले कसैलाई बनाउने होइन।’
अर्यालले प्रहरी नियमावली २०७१ ले सबै तहका प्रहरी कर्मचारीलाई कारवाही गर्न सक्ने अधिकार दिएको भन्दै ‘कुरा भन्दा काममा लाग्न’ सुझाएका थिए । चुनावको मुखमा जिल्ला बाहिर मात्रै घटना भएको भनेर चुप लागेर नबस्न अर्यालले प्रहरी अधिकृतहरुलाई सजक रहन निर्देशन दिएका थिए।
उनले भने,‘ निर्वाचनमा आम नागरिकको चाहना ढुक्कले मत हाल्न पाउनुपर्छ भन्ने छ। यसमा नेपाल प्रहरीको भूमिका अहम र विशिष्ठ छ। निर्वाचन सुरक्षाको मात्रै पछि लाग्दा अन्य अपराधले प्रशय पाउला, सबैतर्फ सतर्कता अपनाउनोस।’
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











