आर्इजी प्रकाश अर्यालको चेतावनीः आर्इजी फेर्ने कुरा गरे कारबाहीमा पर्नुहोला ?
काठमाडौं, २७ कात्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले आफूलाई फेर्न लागेको हल्लाको पछाडी नलाग्न मातहतलाई निर्देशन दिएका छन्। सोमबार बिहान प्रहरी मुख्यालयमा निर्वाचन सुरक्षा ‘ब्रिफिङ’ का लागि भनेर बोलाईएको मिटिङमा उपत्यकाका प्रहरी निरीक्षक कमाण्डर हुने कार्यालयदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बस्ने सबै कार्यालयका प्रमुखलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।
‘चुनाव आईरहेको छ। तपार्इहरु आईजीपी फेर्ने ध्याउन्नमा लागिरहनुभएको छ। आइजीपी फेर्ने काम तपाइँहरुको हो र ? प्रहरी निरीक्षकसम्मका दर्जा आईजीपी फेरिन्छ भन्दै हिंडेको सुनेको छु। कारवाहीका लागि तयार रहनुस्,’ अर्यालको भनाई उदृत गर्दै वैठकमा सहभागी एक प्रहरी अधिकृतले भने, ‘सुपर हिरोईज्मका लागि सामाजिक सञ्जालमा आईजीपी फेर्ने समाचार प्रकाशन गर्न लगाएर के गरेको ? कसैले कसैलाई बनाउने होइन।’
अर्यालले प्रहरी नियमावली २०७१ ले सबै तहका प्रहरी कर्मचारीलाई कारवाही गर्न सक्ने अधिकार दिएको भन्दै ‘कुरा भन्दा काममा लाग्न’ सुझाएका थिए । चुनावको मुखमा जिल्ला बाहिर मात्रै घटना भएको भनेर चुप लागेर नबस्न अर्यालले प्रहरी अधिकृतहरुलाई सजक रहन निर्देशन दिएका थिए।
उनले भने,‘ निर्वाचनमा आम नागरिकको चाहना ढुक्कले मत हाल्न पाउनुपर्छ भन्ने छ। यसमा नेपाल प्रहरीको भूमिका अहम र विशिष्ठ छ। निर्वाचन सुरक्षाको मात्रै पछि लाग्दा अन्य अपराधले प्रशय पाउला, सबैतर्फ सतर्कता अपनाउनोस।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












