के हो आकस्मिक हृदयघात ? के सेक्स र आकस्मिक हृदयघातबीच सम्वन्ध छ ?
केटी सिल्वर, बीबीसी । हालै भएको एक अनुसन्धानले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट (आकस्मिक हृदयघात) हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढी हुने देखाएको छ । तर यस्तो समस्या कहिलेकाँही मात्रै हुने अनुसन्धानले स्पष्ट पारेको छ ।
अमेरिकाको सीडर सायनाय हार्ट इन्स्टिट्यूटका डाक्टर सुमीत चुघले ४ हजार ५५७ वटा हृदयघात सम्वन्धी केशको जाँच गरेका थिए । जसमा ३४ वटा केश मात्रै सेक्स गर्दाको बखत वा त्यसको एक घण्टा भित्र भएको पाइएको थियो । यो ३४ वटा केशमा ३२ वटा पुरुषको थियो ।
डाक्टर चुघले सेक्स र आकस्मिक हृदयघातको सम्वन्ध जाँच सम्वन्धी यो आफ्नो पहिलो अनुसन्धान भएको बताए । उनले यो अनुसन्धान प्रतिवेदन अमेरिकन हार्ट एसोसिएशनको कन्फेन्समा समेत प्रस्तुत गरेको बताए ।
‘कार्डियाक अरेष्ट’ ‘ हर्ट एट्याक’ होइन
डा. चुघ भन्छन्, ‘काडिर्याक अरेष्ट र हार्ट एट्याक फरक कुरा हो ।’ उनका अनुसार हर्ट एट्याक त्यतिवेला हुन्छ, जब मुटुमा जाने रगत प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । त्यस्तै ‘सड्न कार्डियाक अरेष्ट’मा पनि केही गडबडीका कारण अचानक मुटुले काम गर्न बन्द गर्छ । यो अवस्थामा व्यक्ति बेहोस हुन्छ । स्वासप्रस्वास बन्द हुन्छ । त्यतिवेला तत्काल सहि उपचार पाएन भने ज्यानै समेत जानसक्छ ।
‘कार्डियाक अरेष्ट’ संग जोडिएको केही तथ्य:
-अस्पताल भन्दा बाहिर हुने कार्डियाक अरेष्टमा ९० प्रतिशत केश बचाउँनै सकिदैन ।
-तत्काल सीपीआर नपाउँदा पनि विरामीको बाच्ने सम्भावना हरेक मिनेट १० प्रतिशतले कम हुँदै जान्छ ।
-यदि पहिलो केही मिनेटमै सीपीआर मिल्यो भने विरामीको बाँच्ने सम्भावना दुई देखि तीन गुनाले बढछ ।
-सीपीआरको दौरानमा छातीमा एक मिनेटमा १०० देखि १२० पटक सम्म दवाव दिनुपर्छ ।
-यसलाई सम्झनका लागि अमेरिकाको म्यूजिक व्याण्ड बीजीजका गीत स्टेइङ अलाइवको सुन्न सल्लाह दिइन्छ ।
पहिले देखिनै बिरामी थिए धेरै व्यक्तिहरु:
डाक्टर चुघ र उनका सहयोगिहरुले पोर्टल्याण्डमा सन २००२ देखि २०१५ सम्म बयस्यहरुमा आउने सडन कार्डियाक अरेस्ट सम्वन्धी केशको अनुसन्धान गरे । जसमा एक प्रतिशत भन्दा कम केशमा यसको कारण सेक्स थियो । ती मध्ये अधिकांश केश मध्यम उमेरका अफ्रिकी अमेरिकी व्यक्तिमा थियो जो पहिले देखि नै मुटुसम्वन्धी रोगबाट ग्रसित थिए ।
सीपीआर दिन सबैले जान्नुपर्छ:

अध्ययनमा यो कुरा पनि थाहा भयो कि एक तिहाई केशमा मात्रै सिपिआर दिइयो । जबकी त्यतिवेला व्यक्ति एक्लै थिएन । ड. चुघका भन्छन्, ‘यदि अर्को व्यक्तिलाई सीपीआर कसरी दिने भन्ने बारेमा थाहा भएको भएँ ती व्यक्तिहरुलाई जोगाउन सकिन्थ्यो । त्यसैले सबैले सीपीआर सिक्न जरुरी छ ।’ सीपीआर इमरजेन्सीमा दिइने एक प्राथमिक उपचार हो । जसमा छातीमा जोड जोडले पटक पटक थिचिन्छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












