के हो आकस्मिक हृदयघात ? के सेक्स र आकस्मिक हृदयघातबीच सम्वन्ध छ ?
केटी सिल्वर, बीबीसी । हालै भएको एक अनुसन्धानले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट (आकस्मिक हृदयघात) हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढी हुने देखाएको छ । तर यस्तो समस्या कहिलेकाँही मात्रै हुने अनुसन्धानले स्पष्ट पारेको छ ।
अमेरिकाको सीडर सायनाय हार्ट इन्स्टिट्यूटका डाक्टर सुमीत चुघले ४ हजार ५५७ वटा हृदयघात सम्वन्धी केशको जाँच गरेका थिए । जसमा ३४ वटा केश मात्रै सेक्स गर्दाको बखत वा त्यसको एक घण्टा भित्र भएको पाइएको थियो । यो ३४ वटा केशमा ३२ वटा पुरुषको थियो ।
डाक्टर चुघले सेक्स र आकस्मिक हृदयघातको सम्वन्ध जाँच सम्वन्धी यो आफ्नो पहिलो अनुसन्धान भएको बताए । उनले यो अनुसन्धान प्रतिवेदन अमेरिकन हार्ट एसोसिएशनको कन्फेन्समा समेत प्रस्तुत गरेको बताए ।
‘कार्डियाक अरेष्ट’ ‘ हर्ट एट्याक’ होइन
डा. चुघ भन्छन्, ‘काडिर्याक अरेष्ट र हार्ट एट्याक फरक कुरा हो ।’ उनका अनुसार हर्ट एट्याक त्यतिवेला हुन्छ, जब मुटुमा जाने रगत प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । त्यस्तै ‘सड्न कार्डियाक अरेष्ट’मा पनि केही गडबडीका कारण अचानक मुटुले काम गर्न बन्द गर्छ । यो अवस्थामा व्यक्ति बेहोस हुन्छ । स्वासप्रस्वास बन्द हुन्छ । त्यतिवेला तत्काल सहि उपचार पाएन भने ज्यानै समेत जानसक्छ ।
‘कार्डियाक अरेष्ट’ संग जोडिएको केही तथ्य:
-अस्पताल भन्दा बाहिर हुने कार्डियाक अरेष्टमा ९० प्रतिशत केश बचाउँनै सकिदैन ।
-तत्काल सीपीआर नपाउँदा पनि विरामीको बाच्ने सम्भावना हरेक मिनेट १० प्रतिशतले कम हुँदै जान्छ ।
-यदि पहिलो केही मिनेटमै सीपीआर मिल्यो भने विरामीको बाँच्ने सम्भावना दुई देखि तीन गुनाले बढछ ।
-सीपीआरको दौरानमा छातीमा एक मिनेटमा १०० देखि १२० पटक सम्म दवाव दिनुपर्छ ।
-यसलाई सम्झनका लागि अमेरिकाको म्यूजिक व्याण्ड बीजीजका गीत स्टेइङ अलाइवको सुन्न सल्लाह दिइन्छ ।
पहिले देखिनै बिरामी थिए धेरै व्यक्तिहरु:
डाक्टर चुघ र उनका सहयोगिहरुले पोर्टल्याण्डमा सन २००२ देखि २०१५ सम्म बयस्यहरुमा आउने सडन कार्डियाक अरेस्ट सम्वन्धी केशको अनुसन्धान गरे । जसमा एक प्रतिशत भन्दा कम केशमा यसको कारण सेक्स थियो । ती मध्ये अधिकांश केश मध्यम उमेरका अफ्रिकी अमेरिकी व्यक्तिमा थियो जो पहिले देखि नै मुटुसम्वन्धी रोगबाट ग्रसित थिए ।
सीपीआर दिन सबैले जान्नुपर्छ:

अध्ययनमा यो कुरा पनि थाहा भयो कि एक तिहाई केशमा मात्रै सिपिआर दिइयो । जबकी त्यतिवेला व्यक्ति एक्लै थिएन । ड. चुघका भन्छन्, ‘यदि अर्को व्यक्तिलाई सीपीआर कसरी दिने भन्ने बारेमा थाहा भएको भएँ ती व्यक्तिहरुलाई जोगाउन सकिन्थ्यो । त्यसैले सबैले सीपीआर सिक्न जरुरी छ ।’ सीपीआर इमरजेन्सीमा दिइने एक प्राथमिक उपचार हो । जसमा छातीमा जोड जोडले पटक पटक थिचिन्छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












