नेपाली वैज्ञानिकलाई इतिहासमै रहस्यमय सफलता, आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज फेला
काठमाडौं, ५ मंसिर । नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटिएको दाबी गरेका हुन् ।
पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा नक्षत्रको दिशामा तारापुञ्जहरूको खोजले अहिले खगोलशास्त्रीबीच छलफल सुरु भएको छ । ब्रम्हाण्डमा करिब एक अर्ब तारापुञ्जहरू छन् । जसमा एक आकाशगंगा हो । आकाशगंगा रहेका एक खर्ब तारा मध्य सूर्य एक हो । जसमै पृथ्वी अवस्थित छ ।
आकासगंगा वरिपरि करिब ५० अरु साना तरापुञ्ज छन् । ती मध्ये ‘मजेलानिक क्लाउड’ नामका दुई साना तारापुञ्ज जुम्ल्याहा हुन् । जसलाई पृथ्वीबाट दक्षिण आकाशमा राती नांगो आँखाले पनि देखिन्छ । ब्रम्हाण्डमा आकाशगंगा जस्तो तारापुञ्जहरूको समूह बिरलै हुने गर्छन ।
खगोलशास्त्रीहरूले यसअघि आकाशगंगासँग मेल खाने तारापुञ्ज भेटेका थिएनन् । आकाशगंगा जस्तै अर्को ‘एसजिसी २७१८’ नामको ठूलो तारापुञ्जमा साना आकाशगंगाहरू रहेका छन् । ‘युजिसी ४७०३’ तारापुञ्ज आकाशगंगाका साना तारापुञ्जहरू ‘मजेलानिक क्लाउड’ मेल खान्छ ।
एक प्रकाश वर्ष भन्नाले प्रकाशले अन्तरिक्षमा एक वर्षमा तय गर्ने दूरीलाई जनाइन्छ । प्रकाशले एक सेकेन्डमा तीन लाख किमीको यात्रा गर्छ । अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको एस्ट्रो फिजिक्स जर्नलको नोभेम्बरको अंकमा पौडेलको अनुसन्धान प्रकाशित भएपछि त्यसलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार बनेका छन् ।
डा. पौडेल नेतृत्वमा वैज्ञानिकहरूको टोलीले ६ महिनामा लगाएर २० तारापुञ्जको अध्ययन गर्दा आकाशगंगासँग मिल्ने तारापुञ्ज भेटेका हुन् । ‘यति धेरै तारा पुञ्जहरूको विस्तारमा अध्ययन गर्नु आफैंमा एउटा कठिन प्रयास हो र यस्तो दुर्लभ वस्तु भेट्टाउनु एउटा ठूलो उपलब्धि हो,’ पौडेलले भने, ‘त्यस्तो खोज्नु भनेको परालको कुन्युमा सियो खोज्नु जस्तै हो ।’ उनले यसबाट आकाशगंगामा मात्रै यो ब्रम्हाणमा फरक प्रकारका तारापुञ्ज होइन भन्ने प्रमाणित भएको बताए ।
यो अध्ययनका लागि उनले भारतको पुनास्थित जिएमआरटी रेडियो टेलिस्कोपबाट प्राप्त गरेको तथ्यहरूको समेत विश्लेषण गरेका छन् । ‘यो हाम्रो आकाशगंगा जस्तो तारापुञ्जहरूको उत्पति र विकास कसरी भयो भनेर थप अध्ययन गर्न सहयोग पुग्ने विश्वास लिइएको छु,’ पौडेलले भने ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











