नेपाली वैज्ञानिकलाई इतिहासमै रहस्यमय सफलता, आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज फेला
काठमाडौं, ५ मंसिर । नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटिएको दाबी गरेका हुन् ।
पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा नक्षत्रको दिशामा तारापुञ्जहरूको खोजले अहिले खगोलशास्त्रीबीच छलफल सुरु भएको छ । ब्रम्हाण्डमा करिब एक अर्ब तारापुञ्जहरू छन् । जसमा एक आकाशगंगा हो । आकाशगंगा रहेका एक खर्ब तारा मध्य सूर्य एक हो । जसमै पृथ्वी अवस्थित छ ।
आकासगंगा वरिपरि करिब ५० अरु साना तरापुञ्ज छन् । ती मध्ये ‘मजेलानिक क्लाउड’ नामका दुई साना तारापुञ्ज जुम्ल्याहा हुन् । जसलाई पृथ्वीबाट दक्षिण आकाशमा राती नांगो आँखाले पनि देखिन्छ । ब्रम्हाण्डमा आकाशगंगा जस्तो तारापुञ्जहरूको समूह बिरलै हुने गर्छन ।
खगोलशास्त्रीहरूले यसअघि आकाशगंगासँग मेल खाने तारापुञ्ज भेटेका थिएनन् । आकाशगंगा जस्तै अर्को ‘एसजिसी २७१८’ नामको ठूलो तारापुञ्जमा साना आकाशगंगाहरू रहेका छन् । ‘युजिसी ४७०३’ तारापुञ्ज आकाशगंगाका साना तारापुञ्जहरू ‘मजेलानिक क्लाउड’ मेल खान्छ ।
एक प्रकाश वर्ष भन्नाले प्रकाशले अन्तरिक्षमा एक वर्षमा तय गर्ने दूरीलाई जनाइन्छ । प्रकाशले एक सेकेन्डमा तीन लाख किमीको यात्रा गर्छ । अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको एस्ट्रो फिजिक्स जर्नलको नोभेम्बरको अंकमा पौडेलको अनुसन्धान प्रकाशित भएपछि त्यसलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार बनेका छन् ।
डा. पौडेल नेतृत्वमा वैज्ञानिकहरूको टोलीले ६ महिनामा लगाएर २० तारापुञ्जको अध्ययन गर्दा आकाशगंगासँग मिल्ने तारापुञ्ज भेटेका हुन् । ‘यति धेरै तारा पुञ्जहरूको विस्तारमा अध्ययन गर्नु आफैंमा एउटा कठिन प्रयास हो र यस्तो दुर्लभ वस्तु भेट्टाउनु एउटा ठूलो उपलब्धि हो,’ पौडेलले भने, ‘त्यस्तो खोज्नु भनेको परालको कुन्युमा सियो खोज्नु जस्तै हो ।’ उनले यसबाट आकाशगंगामा मात्रै यो ब्रम्हाणमा फरक प्रकारका तारापुञ्ज होइन भन्ने प्रमाणित भएको बताए ।
यो अध्ययनका लागि उनले भारतको पुनास्थित जिएमआरटी रेडियो टेलिस्कोपबाट प्राप्त गरेको तथ्यहरूको समेत विश्लेषण गरेका छन् । ‘यो हाम्रो आकाशगंगा जस्तो तारापुञ्जहरूको उत्पति र विकास कसरी भयो भनेर थप अध्ययन गर्न सहयोग पुग्ने विश्वास लिइएको छु,’ पौडेलले भने ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












