यस्तो डरलाग्दो तथ्यांकः नेपालमा फेल भएका ९५ प्रतिशत विद्यार्थी मेडिकल शिक्षा पढ्न विदेशतिर
काठमाडौं, ८ मंसिर । नेपालमा प्रवेश परिक्षामा फेल भएका ९५ प्रतिशत विद्यार्थी डाक्टरी पढ्न विदेश गईरहेको एक तथ्यांकले देखाएको छ । नेपाल मेडिकल काउन्सिलले गरेको अध्ययन अनुसार नेपालमा लिईने प्रवेश परिक्षामा फेल भएका विद्यार्थीहरु एमबिबिएस र बिडिएस अध्ययनका लागि निजी खर्चमा विदेश गएका हुन् । उनीहरु डाक्टरी पढेन नेपाल फर्किएपछि पनि अयोग्य नै हुन्छन् । तर निजी खर्चमा उनीहरु विदेशमा पढ्न गईरहेका हुन् ।
काउन्सिलले सन् २०१६ को फेब्रुअरीदेखि नेपालमा प्रवेश परीक्षा पास भएपछि मात्र विदेशमा अध्ययनका लागि अनुमति दिन सुरु गरेको छ। उक्त व्यवस्था सुरु हुनुभन्दा दुई वर्ष अघिसम्मका सन् २०१४ र २०१५ का विद्यार्थीहरुको अध्ययनका क्रममा ९५ प्रतिशत विद्यार्थी एमबिबिएस र बिडिएस पढ्न अयोग्य रहेको फेला परेको हो। यी दुई वर्षमा मात्र नेपालबाट २ हजार ८ सय ४० विद्यार्थी विभिन्न देशमा अध्ययनका लागि गएका छन्।
५० प्रतिशत नम्बर पनि ल्याउन नसक्ने ९५ प्रतिशत विद्यार्थीहरु विदेश गएका काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए । उनले भने, ५० प्रतिशत नम्बर पनि ल्याउन नसक्ने ९५ प्रतिशत विद्यार्थी कस्ता डाक्टर भएर आउलान्, ।
‘हाम्रो अध्ययनले निकै डरलाग्दो तथ्यांक देखायो,’ उनले भने, ‘सन् २०१६ को फेब्रुअरीअघि अध्ययनका लागि गएका यस्ता अयोग्य विद्यार्थी सन् २०२१ मा डिग्री लिएर आउँछन्। ती कस्ता डाक्टर होलान् ?’ काउन्सिलको लाइसेन्सिङ परीक्षामा ७० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुनुको कारण पनि यही रहेको उनी बताउँछन्।
नेपालमा फेल भएका विद्यार्थी पैसा बोकेर गएको भरमा डिग्री बोकेर आउने क्रम बढेपछि काउन्सिलले गत वर्षबाट एमबिबिएस र बिडिएस अध्ययन गर्न जानुअघि अनिवार्य प्रवेश परीक्षा पास हुनुपर्ने नियम लागू गरेको थियो । प्रवेश परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक ल्याएमात्र एमबिबिएस र बिडिएस पढ्न योग्य मानिन्छ।
यो व्यवस्था लागू भएपछि अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। काउन्सिलकै तथ्यांक अनुसार प्रवेश परीक्षा पास हुनुपर्ने व्यवस्थापछि विदेशमा अध्ययन गर्न जानेको संख्यामा ६७ प्रतिशतले कमी आएको छ।
विद्यार्थीले विदेश अध्ययनका लागि काउन्सिलबाट अध्ययन अनुमति पत्र (इलिजिबिलिटी सर्टिफिकेट) अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ। यसअघि विद्यार्थीले आवेदन मात्र दिए अनुमति पत्र पाउँथे भने गत वर्षदेखि कुनै विश्वविद्यालय वा प्रतिष्ठानले लिएको प्रवेश परीक्षा अनिवार्य पास गरेको हुनुपर्ने प्रावधान ल्याइएको छ।
प्रवेश परीक्षाको व्यवस्था सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१५ मा काउन्सिलबाट विभिन्न ९ वटा देशमा अध्ययनका लागि एक हजार ४ सय ६१ जनाले अनुमति लिएका थिए। तर प्रवेश परीक्षा सुरु भएको वर्ष सन् २०१६ मा ११ वटा देशका लागि जम्मा ४ सय ७८ जनाले मात्र इलिजिबिलिटी लिएका छन्।
काउन्सिलको तथ्यांक अनुसार सन् २०१६ मा एमबिबिएसका लागि ४ सय ६० र बिडिएसका लागि १८ जनाले इलिजिबिलिटी लिएका हुन्। गत वर्ष एमबिबिएसमा एक हजार २ सय ७४ र बिडिएसमा एक सय ८७ जनाले अनुमति लिएका थिए। यो वर्षको डिसेम्बरसम्म उक्त संख्या गत वर्षको भन्दा पनि कम हुने अनुमान गरिएको छ।
चीन तथा अन्य देशका मेडिकल कलेजको गुणस्तरमा प्रश्न उठ्न थालेपछि पनि नेपाली विद्यार्थीले विदेशी मेडिकल तथा डेन्टल कलेजलाई कम प्राथमिकता दिएको चिकित्सकहरु बताउँछन्।
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोकः
बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएपछि मेडिकल शिक्षा पढ्न जान रोक लगाईएको छ । सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको हो ।
करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सीललाई गराएको छ । दूतावासका अनुसार बीडीएस र एमबीबीएस पढाउने ३७ वटा मेडिकल कलेजहरु कालोसूचीमा परेका छन् र ती कलेजहरुमा करिब २ सय नेपाली विद्यार्थीहरु पढिरहेका छन् ।
बंगलादेशस्थित नेपाली दूतावासले त्यस्ता विद्यार्थीहरुलाई उद्धारको पहल पनि गरिरहेको नेपाल मेडिकल काउन्सीलका प्रवक्ता डा. दिलिप शर्माले जानकारी दिए । धेरै नेपाली विद्यार्थीहरु मेडिकल शिक्षा पढ्न बंगलादेश जाने गरेका छन् । एजेन्टहरुले बंगलादेशमा पढ्न पठाउने गर्दछन् । राम्रोसँग नबुझिकन पढ्न जाँदा नेपाली विद्यार्थीहरु फसेको काउन्सीलको ठहर छ ।
बंगलादेशमा एमबीबीएस पढ्न करिब ५० देखि ६० लाख रुपैयाँसम्म खर्च लाग्छ । यो रकम किस्ताबन्दीमा तिर्न मिल्ने र भिसा पनि सजिलै पाइने भएकाले धेरै नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्न जाने गरेका छन् । नेपालबाट मेडिकल शिक्षा पढ्न विदेश जानेहरुमध्ये ७२ प्रतिशतमा बंगालदेशमा गएका छन् । सन् २०१६ मा ४७८ जना विदेश पढ्न गएकामा ३२८ जना बंगादेशमा गएको पाइएको छ ।
Photo by: google.com
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












