मुक्त कमलरी आत्मनिर्भर हुँदै
कञ्चनपुर, १२ मंसिर । स्थानीय झलारीका मुक्त कमलरीले सहकारी संस्था सञ्चालन गरेर आय आर्जनका काम गरी आत्मनिर्भर हुन थालेका छन् । मुक्त कमलरी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध मुक्त कमलरीले बचत रकम संकलन गरी सोही रकमलाई ऋणका रुपमा परिचालन गरेर आजआर्जन गर्न थालेका हुन् । सहकारीबाट ऋणका रुपमा रकम लिनुभएकी सरिता चौधरीले कपडा सिलाइ पसल सञ्चालन गरी दैनिक रु पाँच सयभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
सहकारीबाट उहाँले १४ प्रतिशत ब्याज तिर्ने गरी रु ११ हजार ऋण लिनुभएको हो । एक महिनामै सिलाइ मेसिन खरिद गर्न लिएको ऋण चुक्ता गरी मासिक रुपमा उहाँले रु १५ हजारदेखि १७ हजारसम्म कमाइ गर्दै आउनुभएको छ । चौधरीले भन्नुभयो, “मालिकको घरबाट मुक्त हुँदा न हातमा सीप थियो नत केही गर्नका लागि रकम नै ।” “दातृ संस्थाले सीप सिकायो, त्यसपछि सहकारीमा आवद्ध भँए, ऋण लिएर कार्य गर्न थालेपछि दिनप्रतिदिन आम्दानी बढन थालेको छ” उहाँले बताउनुभयो, “पूरै घरखर्च सिलाइको पैसाबाट आउने आम्दानीले धान्दै आएको छु । ”
उहाँजस्तै सहकारीबाट ऋण लिएर दैजीको भम्कामा खाजा पसल सञ्चालन गर्दै आउनुभएकी सीता डगौराले समेत मनग्य आम्दानी गर्दै आउनुभएको छ । सो पसलबाट उहाँको मासिक रु तीस हजार भन्दा बढी आम्दानी हुनेगरेको छ । सहकारीमा आवद्ध तीन दर्जन बढी मुक्त कमलरीले आयआर्जनका लागि सीप सिकेर आम्दानी गर्दै आएको सहकारीका सचिव कलवती डगौराले बताउनुभयो । उहाँका अनुसार हालसम्म सहकारीले आयआर्जनका लागि रु ६ लाख १७ हजार ३११ रकम परिचालन गरेको छ ।
सहकारीमा आवद्ध १५९ जनाको रु दुईलाख ४८ हजार बढी रकम बचत भएको छ । सहकारीले बचत गर्ने कमलरीलाई चारदेखि नौ प्रतिशत प्रतिशतसम्म ब्याज उपलब्ध गराउँदै आएको छ । कृषि, व्यापार, घरायसी खर्च, घडेरी खरिद र स्वास्थ्य उपचारका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सचिव डगौराले बताउनुभयो । ‘एक घर एक सदस्य सहकारी, एक घर एक सदस्य व्यापारी, एक घर एक सदस्य रोजगारी’ को नारा लिई सहकारीलाई विश्वशनीय, पारदर्शी र इमान्दारीका साथ अगाडि बढाउँदै आएको मुक्त कमलरीका भनाइ छ । रासस
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











