मुक्त कमलरी आत्मनिर्भर हुँदै
कञ्चनपुर, १२ मंसिर । स्थानीय झलारीका मुक्त कमलरीले सहकारी संस्था सञ्चालन गरेर आय आर्जनका काम गरी आत्मनिर्भर हुन थालेका छन् । मुक्त कमलरी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध मुक्त कमलरीले बचत रकम संकलन गरी सोही रकमलाई ऋणका रुपमा परिचालन गरेर आजआर्जन गर्न थालेका हुन् । सहकारीबाट ऋणका रुपमा रकम लिनुभएकी सरिता चौधरीले कपडा सिलाइ पसल सञ्चालन गरी दैनिक रु पाँच सयभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
सहकारीबाट उहाँले १४ प्रतिशत ब्याज तिर्ने गरी रु ११ हजार ऋण लिनुभएको हो । एक महिनामै सिलाइ मेसिन खरिद गर्न लिएको ऋण चुक्ता गरी मासिक रुपमा उहाँले रु १५ हजारदेखि १७ हजारसम्म कमाइ गर्दै आउनुभएको छ । चौधरीले भन्नुभयो, “मालिकको घरबाट मुक्त हुँदा न हातमा सीप थियो नत केही गर्नका लागि रकम नै ।” “दातृ संस्थाले सीप सिकायो, त्यसपछि सहकारीमा आवद्ध भँए, ऋण लिएर कार्य गर्न थालेपछि दिनप्रतिदिन आम्दानी बढन थालेको छ” उहाँले बताउनुभयो, “पूरै घरखर्च सिलाइको पैसाबाट आउने आम्दानीले धान्दै आएको छु । ”
उहाँजस्तै सहकारीबाट ऋण लिएर दैजीको भम्कामा खाजा पसल सञ्चालन गर्दै आउनुभएकी सीता डगौराले समेत मनग्य आम्दानी गर्दै आउनुभएको छ । सो पसलबाट उहाँको मासिक रु तीस हजार भन्दा बढी आम्दानी हुनेगरेको छ । सहकारीमा आवद्ध तीन दर्जन बढी मुक्त कमलरीले आयआर्जनका लागि सीप सिकेर आम्दानी गर्दै आएको सहकारीका सचिव कलवती डगौराले बताउनुभयो । उहाँका अनुसार हालसम्म सहकारीले आयआर्जनका लागि रु ६ लाख १७ हजार ३११ रकम परिचालन गरेको छ ।
सहकारीमा आवद्ध १५९ जनाको रु दुईलाख ४८ हजार बढी रकम बचत भएको छ । सहकारीले बचत गर्ने कमलरीलाई चारदेखि नौ प्रतिशत प्रतिशतसम्म ब्याज उपलब्ध गराउँदै आएको छ । कृषि, व्यापार, घरायसी खर्च, घडेरी खरिद र स्वास्थ्य उपचारका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सचिव डगौराले बताउनुभयो । ‘एक घर एक सदस्य सहकारी, एक घर एक सदस्य व्यापारी, एक घर एक सदस्य रोजगारी’ को नारा लिई सहकारीलाई विश्वशनीय, पारदर्शी र इमान्दारीका साथ अगाडि बढाउँदै आएको मुक्त कमलरीका भनाइ छ । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












