वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गर्नुपर्छ : मन्त्री विक्रम पाण्डे
चितवन, १३ मंसिर । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गरिने बताउनुभएको छ । माडीको गोविन्दबस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्वले संरक्षणमा समेत प्रभाव पारेकाले निकुञ्जको किनारमा मेस जाली लगाएर वन्यजन्तु बस्ती पस्न नसक्ने व्यवस्था गरिने बताउनुभयो ।
चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री पाण्डेले सदरमुकाम भरतपुर आवतजावत गर्दा निकुञ्जमा तिर्नुपर्ने शुल्क आफैँले मिनाहा गरेको जिकिर गर्दै वन्यजन्तुबाट हुने धनजनको क्षतिपूर्तिको रकम सहज तरिकाले उपलब्ध गराइने बताउनुभयो । निकुञ्जको काखमा रहेको माडी क्षेत्रले निकुञ्जबाट फाइदा लिन नसकेको भन्दै उहाँले यसका लागि आवश्यक योजना तयार गरी काम अगाडि बढाइने बताउनुभयो ।
माडीलाई पर्यटकीय नगरीका रुपमा विकास गरिने पनि उहाँले बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “माडी प्राकृतिक स्रोत साधनले सम्पन्न छ, तर यसलाई उपयोग गर्नुपर्छ ।” उहाँले माडीमा रहेका कच्ची सडक पाँच वर्षभित्र कालोपत्र गरिने बताउँदै रिउ नदीमा तटबन्ध गरी चक्रपथ निर्माण गर्ने आफ्नो योजना रहेको पनि जानकारी दिनुभयो । रासस

Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...