वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गर्नुपर्छ : मन्त्री विक्रम पाण्डे
चितवन, १३ मंसिर । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गरिने बताउनुभएको छ । माडीको गोविन्दबस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्वले संरक्षणमा समेत प्रभाव पारेकाले निकुञ्जको किनारमा मेस जाली लगाएर वन्यजन्तु बस्ती पस्न नसक्ने व्यवस्था गरिने बताउनुभयो ।
चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री पाण्डेले सदरमुकाम भरतपुर आवतजावत गर्दा निकुञ्जमा तिर्नुपर्ने शुल्क आफैँले मिनाहा गरेको जिकिर गर्दै वन्यजन्तुबाट हुने धनजनको क्षतिपूर्तिको रकम सहज तरिकाले उपलब्ध गराइने बताउनुभयो । निकुञ्जको काखमा रहेको माडी क्षेत्रले निकुञ्जबाट फाइदा लिन नसकेको भन्दै उहाँले यसका लागि आवश्यक योजना तयार गरी काम अगाडि बढाइने बताउनुभयो ।
माडीलाई पर्यटकीय नगरीका रुपमा विकास गरिने पनि उहाँले बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “माडी प्राकृतिक स्रोत साधनले सम्पन्न छ, तर यसलाई उपयोग गर्नुपर्छ ।” उहाँले माडीमा रहेका कच्ची सडक पाँच वर्षभित्र कालोपत्र गरिने बताउँदै रिउ नदीमा तटबन्ध गरी चक्रपथ निर्माण गर्ने आफ्नो योजना रहेको पनि जानकारी दिनुभयो । रासस

Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...