जाडोमा ओंठ र छाला फुट्नबाट कसरी जोगाउने
काठमाडौं, १८ मंसिर । जाडो सिजनमा ओंठ र छाला फुट्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ। चिसोले गर्दा छाला सुख्खा भई फुट्ने गर्दछ। ओंठका अलवा गाला र कुर्कुच्चा पनि फुट्ने र दुख्ने पीडा जाडो सिजनमा हुने गर्दछ।
यसकारण ओंठ, गाला र छाला फुट्नबाट जोगाउन केही घरेलु उपचार पद्दतिहरु पनि छन्। घरेलु उपचार विधिका अलवा सन्तुलित खानामा पनि जोड दिनुपर्दछ। चिल्लोयुक्त घिउ, दूध र तातो सुपहरुको सेवनले पनि छाला फुट्ने समस्या केही हदसम्म नियन्त्रण हुन्छ।
सबैभन्दा पहिला आफू ठण्डा स्थानमा जानुअघि बजारमा उपलव्ध चिल्लो मोश्चराइजयुक्त क्रिमहरु अथवा घरेलु औषधीका रुपमा गाईको दूधबाट बनाइएको नौनी लगाउन सकिन्छ। सकेसम्म गाला र ओंठलाई चिसो हावाबाट जोगाउनका लागि मखमलको प्रयोग गर्नुपदर्छ। फूटेको ओंठमा जिब्रोले चाट्नु हुँदैन। छालालाई नरम बनाउन अल्कोहलरहितका क्रिम तथा गुलाबजलको पनि प्रयोग गर्न सकिन्छ।
राति सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ । राति सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ। शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ। त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ।
त्यस्तै तातो हिटर वा आगोमा बसिरहनु पनि उपर्युक्त मानिँदैन। छाला सकेसम्म मनतातो पानीले नुहाउने र जाडो समयमा साबुनको प्रयोग नगर्दा राम्रो हुने चिकित्सकहरुको सुझाव छ। कुर्कुच्चाको छाला बाक्लो हुन्छ। जाडोमा बाहिर जाँदा सफा मोजा र जुत्ता लगाएर हिँड्ने गर्नुपर्दछ। प्लास्टिक र छालाका चप्पल प्रयोग नगर्नु राम्रो हुन्छ। खुट्टा सफा गरेपछि कुर्कुच्चामा पनि भ्यासलिन वा गाईको दूधबाट बनेको नौनीको प्रयोग गर्न सकिन्छ।
त्यस्तै कुर्कुच्चालाई आगो वा हिटरमा धेरै बेरसम्म सेक्नु हुँदैन। यसले सुख्खापन बढाइदिन्छ। मधुमेह, लो ब्लड प्रेसरजस्ता रोगहरुबाट पनि बच्नुपर्दछ। त्यस्तै शरीरको मोटोपन धेरै भएमा त्यसको प्रेसर कुर्कुच्चामा पर्ने हुँदा शरीरको तौल सन्तुलन राख्नुपर्ने चिकित्सकहरुको सुझाव छ। यदि फूट्ने समस्या जटिल बन्दै गएमा भने छालासम्वन्धी चिकित्सकको सुझावका आधारमा औषधीको समेत प्रयोग गर्नुपर्ने हुन सक्दछ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












