जाडोमा ओंठ र छाला फुट्नबाट कसरी जोगाउने
काठमाडौं, १८ मंसिर । जाडो सिजनमा ओंठ र छाला फुट्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ। चिसोले गर्दा छाला सुख्खा भई फुट्ने गर्दछ। ओंठका अलवा गाला र कुर्कुच्चा पनि फुट्ने र दुख्ने पीडा जाडो सिजनमा हुने गर्दछ।
यसकारण ओंठ, गाला र छाला फुट्नबाट जोगाउन केही घरेलु उपचार पद्दतिहरु पनि छन्। घरेलु उपचार विधिका अलवा सन्तुलित खानामा पनि जोड दिनुपर्दछ। चिल्लोयुक्त घिउ, दूध र तातो सुपहरुको सेवनले पनि छाला फुट्ने समस्या केही हदसम्म नियन्त्रण हुन्छ।
सबैभन्दा पहिला आफू ठण्डा स्थानमा जानुअघि बजारमा उपलव्ध चिल्लो मोश्चराइजयुक्त क्रिमहरु अथवा घरेलु औषधीका रुपमा गाईको दूधबाट बनाइएको नौनी लगाउन सकिन्छ। सकेसम्म गाला र ओंठलाई चिसो हावाबाट जोगाउनका लागि मखमलको प्रयोग गर्नुपदर्छ। फूटेको ओंठमा जिब्रोले चाट्नु हुँदैन। छालालाई नरम बनाउन अल्कोहलरहितका क्रिम तथा गुलाबजलको पनि प्रयोग गर्न सकिन्छ।
राति सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ । राति सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ। शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ। त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ।
त्यस्तै तातो हिटर वा आगोमा बसिरहनु पनि उपर्युक्त मानिँदैन। छाला सकेसम्म मनतातो पानीले नुहाउने र जाडो समयमा साबुनको प्रयोग नगर्दा राम्रो हुने चिकित्सकहरुको सुझाव छ। कुर्कुच्चाको छाला बाक्लो हुन्छ। जाडोमा बाहिर जाँदा सफा मोजा र जुत्ता लगाएर हिँड्ने गर्नुपर्दछ। प्लास्टिक र छालाका चप्पल प्रयोग नगर्नु राम्रो हुन्छ। खुट्टा सफा गरेपछि कुर्कुच्चामा पनि भ्यासलिन वा गाईको दूधबाट बनेको नौनीको प्रयोग गर्न सकिन्छ।
त्यस्तै कुर्कुच्चालाई आगो वा हिटरमा धेरै बेरसम्म सेक्नु हुँदैन। यसले सुख्खापन बढाइदिन्छ। मधुमेह, लो ब्लड प्रेसरजस्ता रोगहरुबाट पनि बच्नुपर्दछ। त्यस्तै शरीरको मोटोपन धेरै भएमा त्यसको प्रेसर कुर्कुच्चामा पर्ने हुँदा शरीरको तौल सन्तुलन राख्नुपर्ने चिकित्सकहरुको सुझाव छ। यदि फूट्ने समस्या जटिल बन्दै गएमा भने छालासम्वन्धी चिकित्सकको सुझावका आधारमा औषधीको समेत प्रयोग गर्नुपर्ने हुन सक्दछ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












