यी हुन्, माओवादीबाट समानुपातिक सांसद् बन्न लागेका मन्त्रीदेखि नेता पत्नीसम्म
काठमाडौं, ९ पुस । माओवादी केन्द्रले समानुपातिक तर्फबाट पाउने सिटको बाँडफाँडको टुंगो लगाएको छ । माओवादीले पाउन सक्ने ठानिएको समानुपातिकतर्फका १७ सिटमध्ये १५ सिटका लागि महिला उम्मेदवारको टुंगो लागिसकेको छ । संवैधानिक व्यवस्था र प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार समानुपातिकमा लगभग १७ सिट पाउने सुनिश्चित भएपछि माओवादी केन्द्रले आन्तरिक गृहकार्यमार्फत विजयी उम्मेदवारको नाम टुंगो लगाएको हो ।
१५ जना महिलाको नाम लगभग टुंगिएको छ भने पुरुषका लागि प्राप्त दुई सिटमा छनोट हुन बाँकी रहेको छ । यसमा धेरै नेताहरु आकाँक्षी रहेपछि छनोट गर्न निकै सकस देखिएको छ । करिब ५३ सिटसहित तेस्रो दल हुन गइरहेको माओवादी केन्द्रले कम्तीमा १८ जना महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्यताका कारण समानुपातिकका लागि १५ महिला उम्मेदवारको छनोट गरेको हो ।
यी हुन् समानुपातिकमा पर्ने महिलाहरुः
माओवादीले खस आर्य कोटाबाट पूर्वमन्त्री रेखा शर्मा, तत्कालीन संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदी, पूर्वमन्त्री धर्मशिला चापागाईं र सीता पोखरेलको नाम लगभग टुंगिएको छ । त्यसैगरी जनजातितर्फ महिला कोटाबाट पूर्वमन्त्री जयपुरी घर्तीमगर, शशि श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्तीमगर र यशोदा सुवेदी गुरुङको नाम टुंगो लगाएको छ ।
पूर्वसभामुख घर्तीमगरका पति वर्षमान पुन रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भइसकेकाले एकै परिवारका दुई सदस्य प्रतिनिधिसभामा देखिने भएका छन् । त्यस्तै यशोदा गुरुङ सुवेदी पनि पतिसहित संसद्मा देखिने अर्की भाग्यमानी नेतृमा पर्दैछिन् । उनका पति देव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
त्यस्तै दलित कोटाबाट अञ्जना बिशंखे र दुर्गा विक पर्ने सम्भावना प्रबल छ । नयाँ शक्तिबाट फर्किएकी नेतृ इन्दु शर्मा पनि सांसद हुन पाउने भाग्यमानी नेतृमा परेकी छिन् । सहिद रामवृक्ष यादवकी छोरी बोधमाया यादव पनि शर्माझैं मधेसी कोटाबाट प्रतिनिधिसभामा पुग्न लागेकी हुन् । थारू समुदायबाट रामकुमारी चौधरी र मुस्लिम कोटाबाट चाँदतारा कुमारी सांसद हुने लगभग पक्कापक्की भइसकेको छ ।
पुरुष छनोटमा सकस:
माओवादीले समानुपातिकबाट जम्मा दुईजना पुरुषलाई मात्रै प्रतिनिधिसभामा पठाउन सक्नेछ । खस आर्यकोटाबाट पहिलो नम्बरमा रहेका हितराज पाण्डेले गोरखा–२ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई अन्तर्घात गरेको भन्दै मौखिक उजुरी नेतृत्वसमक्ष गरिएको छ । जसका कारण पहिलो नम्बरमा भए पनि उनको सम्भावना कम रहेको माओवादी नेताहरू बताउँछन् ।
त्यस्तै दलित कोटाबाट तिलक परियार, जनजाति कोटाबाट सुनिल मानन्धर, मधेसीबाट श्रवण यादव, थारूबाट रामजी चौधरी र मुस्लिमबाट हकिकुल्लाह खान र पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह पहिलो नम्बरमा परेका छन् । पाण्डे, परियार, खान र सिंह यसअघि पनि संविधानसभा सदस्य भइसकेका उम्मेदवार हुन् भने पहिलो नम्बरमा परेका अन्य उम्मेदवार नयाँ अनुहार हुन् । दुईजनामात्रै छान्नुपर्ने भएकाले क–कसलाई छनोट गर्ने भन्नेमा माओवादी अझै निष्कर्षमा पुग्न नसकेको माओवादी नेताहरुको भनाई छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












