डिजिटल प्रविधिबाट जग्गा नाप जाँच गर्दा झैझगडा र विवाद कम
काठमाडौँ, १९ पुस । नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ । पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु गरिएको हो । यो प्रविधिअनुसार जग्गा नाप गरेर प्रत्येक कित्ताको लम्बाइ, चौडाइ, क्षेत्रफल र चार किल्ला खुलेको नक्सा ‘ए फोर’ आकारको कागजमा जग्गाधनीलाई दिइएको छ ।
पाल्पामा यो प्रविधिबाट जग्गा नाप जाँच गर्न विशेष कार्यालय नै खोलिएको छ । कार्यालयमा ९७ कर्मचारीको दरबन्दी भए पनि हाल ३० जनामात्र कार्यरत रहेको कार्यालय प्रमुख एवं प्रमुख नापी अधिकृत गंगालाल पोखरेलले जानकारी दिनुभयो । जनशक्तिको अभावमा काममा ढिलाइ भएको छ । “जग्गा नाप्नुपर्ने भएकाले ९७ कर्मचारीमध्ये ६० जना अमिनकै दरबन्दी छ, अमिन पनि डिजिटल प्रविधि जानेका हुनुपर्छ”, उहाँले भन्नुभयो ।
विसं २०५८ मा नापी तालीम केन्द्र भूमि प्रशिक्षण केन्द्रमा रुपान्तरण भएको हो । त्यसपछि पनि जनशक्ति कम भएको र केन्द्रले विशेष गरी सर्वेक्षकका लागि तालीम दिँदै आएको छ । द्वन्द्वकालमा स्रेस्ता, कागजलगायत जग्गासम्बन्धी प्रमाण धेरै जलाइएका तीन जिल्लामा पुनः नापी शुरु भएको थियो । यसमध्ये पाल्पामा डिजिटल प्रविधिबाट जग्गा नापिएको हो । अर्घाखाँची र अछाममा भने ‘प्लेन टेबल’ प्रविधिमा जग्गाको नापी भइरहेको छ । ‘प्लेन टेबल’ प्रविधिस्थलगत रुपमा गएर फित्ता लगाएर नापिन्छ । यो प्रविधिबाट विसं २०३१ देखि जग्गा नाप्न शुरु गरिएको थियो ।
डिजिटल प्रविधिमा भने ‘टोटल स्टेशन’ नामक यन्त्रको प्रयोग गरिन्छ । यसमा हुने ‘लाइट रिफ्लेक्टर’ ले प्रकाश दिन्छ । कोण र दूरीका आधारमा समन्वय गरेर नक्सा निकालिने भएकाले यो प्रविधिबाट नापिएको जग्गा बढी प्रामाणिक हुने कार्यालय प्रमुख पोखरेलको भनाइ छ ।
“डिजिटल प्रविधि प्रयोगमा ल्याएर जग्गा नापी गरी लालपूर्जा एवं जग्गाका नक्सा वितरण गरेपछि दाजुभाइ, साँध सँधियारका बीच सीमा विवादको किचलोसमेत कम भएको छ, सेवाग्राही यो प्रविधिबाट सन्तुष्ट छन्, यसको माग कास्कीलगायत जिल्लामा छ”, उहाँले भन्नुभयो ।
विसं २०५८ मा पहिलोपटक कास्की र ललितपुरमा डिजिटल प्रविधिबाट जग्गा नाप्न शुरु हुँदा स्थलगतरुपमा नापेर ल्याएको तथ्य र कार्यालयको अभिलेखमा भएको तथ्य नमिलेपछि कार्यक्रम नै बन्द गरिएको थियो ।
विसं २०७१ मा पाल्पामा शुरु गरिएको यो प्रविधिबाट हालसम्म पाँच हजार जग्गा धनीको १५ हजार कित्ता जग्गाको नापजाँच सम्पन्न भएको छ । किसानलाई लालपूर्जासँगै कित्तागतरुपमा ए फोर साइजको कागजमा नक्सा पनि दिइएको छ । यो नक्सा दिएपछि ‘ट्रेस’ समेत लिनु नपर्ने उहाँले बताउनुभयो ।
पाल्पा जिल्लाको साविकका बराङ्दी, पोखराथोक, चापपानी, खानीगाउँ, बन्दीपोखरा, रुप्से र रामपुर नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का सबै जग्गा डिजिटल प्रविधिबाट नापी सम्पन्न भएको छ । तिनै जिल्लामा स्थापना भएका विशेष नापी कार्यालयलाई मालपोत र नापी दुवै कार्यालयको अधिकार दिइएको छ । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












