डिजिटल प्रविधिबाट जग्गा नाप जाँच गर्दा झैझगडा र विवाद कम
काठमाडौँ, १९ पुस । नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ । पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु गरिएको हो । यो प्रविधिअनुसार जग्गा नाप गरेर प्रत्येक कित्ताको लम्बाइ, चौडाइ, क्षेत्रफल र चार किल्ला खुलेको नक्सा ‘ए फोर’ आकारको कागजमा जग्गाधनीलाई दिइएको छ ।
पाल्पामा यो प्रविधिबाट जग्गा नाप जाँच गर्न विशेष कार्यालय नै खोलिएको छ । कार्यालयमा ९७ कर्मचारीको दरबन्दी भए पनि हाल ३० जनामात्र कार्यरत रहेको कार्यालय प्रमुख एवं प्रमुख नापी अधिकृत गंगालाल पोखरेलले जानकारी दिनुभयो । जनशक्तिको अभावमा काममा ढिलाइ भएको छ । “जग्गा नाप्नुपर्ने भएकाले ९७ कर्मचारीमध्ये ६० जना अमिनकै दरबन्दी छ, अमिन पनि डिजिटल प्रविधि जानेका हुनुपर्छ”, उहाँले भन्नुभयो ।
विसं २०५८ मा नापी तालीम केन्द्र भूमि प्रशिक्षण केन्द्रमा रुपान्तरण भएको हो । त्यसपछि पनि जनशक्ति कम भएको र केन्द्रले विशेष गरी सर्वेक्षकका लागि तालीम दिँदै आएको छ । द्वन्द्वकालमा स्रेस्ता, कागजलगायत जग्गासम्बन्धी प्रमाण धेरै जलाइएका तीन जिल्लामा पुनः नापी शुरु भएको थियो । यसमध्ये पाल्पामा डिजिटल प्रविधिबाट जग्गा नापिएको हो । अर्घाखाँची र अछाममा भने ‘प्लेन टेबल’ प्रविधिमा जग्गाको नापी भइरहेको छ । ‘प्लेन टेबल’ प्रविधिस्थलगत रुपमा गएर फित्ता लगाएर नापिन्छ । यो प्रविधिबाट विसं २०३१ देखि जग्गा नाप्न शुरु गरिएको थियो ।
डिजिटल प्रविधिमा भने ‘टोटल स्टेशन’ नामक यन्त्रको प्रयोग गरिन्छ । यसमा हुने ‘लाइट रिफ्लेक्टर’ ले प्रकाश दिन्छ । कोण र दूरीका आधारमा समन्वय गरेर नक्सा निकालिने भएकाले यो प्रविधिबाट नापिएको जग्गा बढी प्रामाणिक हुने कार्यालय प्रमुख पोखरेलको भनाइ छ ।
“डिजिटल प्रविधि प्रयोगमा ल्याएर जग्गा नापी गरी लालपूर्जा एवं जग्गाका नक्सा वितरण गरेपछि दाजुभाइ, साँध सँधियारका बीच सीमा विवादको किचलोसमेत कम भएको छ, सेवाग्राही यो प्रविधिबाट सन्तुष्ट छन्, यसको माग कास्कीलगायत जिल्लामा छ”, उहाँले भन्नुभयो ।
विसं २०५८ मा पहिलोपटक कास्की र ललितपुरमा डिजिटल प्रविधिबाट जग्गा नाप्न शुरु हुँदा स्थलगतरुपमा नापेर ल्याएको तथ्य र कार्यालयको अभिलेखमा भएको तथ्य नमिलेपछि कार्यक्रम नै बन्द गरिएको थियो ।
विसं २०७१ मा पाल्पामा शुरु गरिएको यो प्रविधिबाट हालसम्म पाँच हजार जग्गा धनीको १५ हजार कित्ता जग्गाको नापजाँच सम्पन्न भएको छ । किसानलाई लालपूर्जासँगै कित्तागतरुपमा ए फोर साइजको कागजमा नक्सा पनि दिइएको छ । यो नक्सा दिएपछि ‘ट्रेस’ समेत लिनु नपर्ने उहाँले बताउनुभयो ।
पाल्पा जिल्लाको साविकका बराङ्दी, पोखराथोक, चापपानी, खानीगाउँ, बन्दीपोखरा, रुप्से र रामपुर नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का सबै जग्गा डिजिटल प्रविधिबाट नापी सम्पन्न भएको छ । तिनै जिल्लामा स्थापना भएका विशेष नापी कार्यालयलाई मालपोत र नापी दुवै कार्यालयको अधिकार दिइएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












