काठमाडौंमा रेल चढ्ने सपना पुरा हुने, स्काइ रेल गुडाउन अध्ययन सुरु, ८७ अर्ब लागत अनुमान
काठमाडौं, १६ माघ । काठमाडौंबासीको रेल चढ्ने सपना भने अप पुरा हुने भएको छ । त्यो पनि २ वर्षभित्रमा काठमाडौंका विभिन्न स्थानमा स्काई रेल सञ्चालनमा आउने भएका हुन् । त्यसको लागि काठमाडौं महानगरपालिकाले अध्ययन प्रक्रिया सुरु गरेको छ ।
स्काई रेल सञ्चालनको सम्भावना देखिएपछि काठमाडौं मोनोरेल प्रालिले विस्तृत परियोजना अध्ययन गर्न सुरु गरेको काठमाडौं महानगरपालिकाका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए ।कम्पनीले स्काई रेल निर्माणका लागि लाग्ने खर्च, समय लगायतका विषयमा विस्तृत अध्ययन गरेर महानगरपालिकालाई प्रतिवेदन बुझाउने छ ।
प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने काफ्लेले बताए । स्काई रेल निर्माणका लागि करिब ८७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तर अध्ययन प्रतिवेदन आएपछि मात्र लागतको स्पष्ट जानकारी प्राप्त हुने उनले जानकारी दिए । कम्पनीले स्टेशनको संख्या, सडक संरचनाका बारेमा पनि अध्ययन गर्नेछ । महानगरपालिकाले एक महिना अघि सो कम्पनीलाई विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को जिम्मा दिएको थियो ।
काठमाडौं महानगपालिकाले ललितपुर महानगर र अन्य छिमेकी नगरसँगको समन्वयमा स्काई रेल सञ्चालन गर्न लागेको हो । लागत बढी लाग्ने भएकोले महानगरपालिकाले अन्य निकायसँग पनि समन्वय गरी स्काई रेल निर्माण कार्य अघि बढाउने तयारी गरेको काफ्लेले बताए ।
यसअघि साइमिक्स इंक प्रालिलाई काठमाडौं महानगरपालिकाले स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनको जिम्मा दिएको थियो । प्रतिवेदन अनुसार महानगर क्षेत्रमा स्काइ रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने सम्भावना देखिएको हो । त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काईरेल सञ्चालन गर्न सकिने देखिएको छ ।
कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ । त्योे सम्पन्न गर्न २ वर्ष समय लाग्नेछ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ ।
रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ । तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












