काठमाडौंमा रेल चढ्ने सपना पुरा हुने, स्काइ रेल गुडाउन अध्ययन सुरु, ८७ अर्ब लागत अनुमान
काठमाडौं, १६ माघ । काठमाडौंबासीको रेल चढ्ने सपना भने अप पुरा हुने भएको छ । त्यो पनि २ वर्षभित्रमा काठमाडौंका विभिन्न स्थानमा स्काई रेल सञ्चालनमा आउने भएका हुन् । त्यसको लागि काठमाडौं महानगरपालिकाले अध्ययन प्रक्रिया सुरु गरेको छ ।
स्काई रेल सञ्चालनको सम्भावना देखिएपछि काठमाडौं मोनोरेल प्रालिले विस्तृत परियोजना अध्ययन गर्न सुरु गरेको काठमाडौं महानगरपालिकाका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए ।कम्पनीले स्काई रेल निर्माणका लागि लाग्ने खर्च, समय लगायतका विषयमा विस्तृत अध्ययन गरेर महानगरपालिकालाई प्रतिवेदन बुझाउने छ ।
प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने काफ्लेले बताए । स्काई रेल निर्माणका लागि करिब ८७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तर अध्ययन प्रतिवेदन आएपछि मात्र लागतको स्पष्ट जानकारी प्राप्त हुने उनले जानकारी दिए । कम्पनीले स्टेशनको संख्या, सडक संरचनाका बारेमा पनि अध्ययन गर्नेछ । महानगरपालिकाले एक महिना अघि सो कम्पनीलाई विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को जिम्मा दिएको थियो ।
काठमाडौं महानगपालिकाले ललितपुर महानगर र अन्य छिमेकी नगरसँगको समन्वयमा स्काई रेल सञ्चालन गर्न लागेको हो । लागत बढी लाग्ने भएकोले महानगरपालिकाले अन्य निकायसँग पनि समन्वय गरी स्काई रेल निर्माण कार्य अघि बढाउने तयारी गरेको काफ्लेले बताए ।
यसअघि साइमिक्स इंक प्रालिलाई काठमाडौं महानगरपालिकाले स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनको जिम्मा दिएको थियो । प्रतिवेदन अनुसार महानगर क्षेत्रमा स्काइ रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने सम्भावना देखिएको हो । त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काईरेल सञ्चालन गर्न सकिने देखिएको छ ।
कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ । त्योे सम्पन्न गर्न २ वर्ष समय लाग्नेछ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ ।
रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ । तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












