क्यानडामाथि नेपालको सनसनीपूर्ण जित, विश्वकप छनोट खेल्ने पक्का
काठमाडौं, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले सनसनीपूर्ण जित निकालेको छ । क्यानडामाथी १ विकेटको शानदार जित निकालेको हो । १ सय ९५ रनको लक्ष्य पच्छ्याएको नेपालले मा लक्ष्य भेट्टाएको हो । नेपालको जितमा करन केसी र सन्दीप लामिछाने नायक बनेका छन् ।
केसीले उत्कृष्ट प्रदर्शन गर्दै ३१ बलमा ४२ रन बनाए । त्यस्तै उनलाई साथ दिएका लामिछानेको प्रदर्शन समेत उत्कृष्ट रह्यो । लामिछानेले ५ रन जोडे । नेपालका लागी दिलिप नाथ ४१, रोहित कुमार पौडेल २७ आरिफ सेख २६ रन बनाए पनि त्यो जितका लागी प्रयाप्त भएन् । त्यस्तै ज्ञानेन्द्र मल्लले ९ रन जोड्दा कप्तान पारस खड्का ० रनमा आउट भए ।
यसअघि टस हारेर पहिले व्याटिङको निम्ता पाएको क्यानडाले ८ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । क्यानडाका ओपनर व्याट्सम्यान श्रीमन्थ विजेरत्नेले एक सय ५२ बलमा आठ चौकाको मद्धत सर्वाधिक १ सय ३ रन बनाए ।
त्यस्तै हम्जा टारिकले २४, शाद बिन जफरले १० रन बनाए । नेपालका लागी बसन्त रेग्मीले ३, सन्दिप लामिछानेले २ र करन केसी र शरद भेश्वाकरले १—१ विकेट लिए । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












