क्यानडामाथि नेपालको सनसनीपूर्ण जित, विश्वकप छनोट खेल्ने पक्का
काठमाडौं, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले सनसनीपूर्ण जित निकालेको छ । क्यानडामाथी १ विकेटको शानदार जित निकालेको हो । १ सय ९५ रनको लक्ष्य पच्छ्याएको नेपालले मा लक्ष्य भेट्टाएको हो । नेपालको जितमा करन केसी र सन्दीप लामिछाने नायक बनेका छन् ।
केसीले उत्कृष्ट प्रदर्शन गर्दै ३१ बलमा ४२ रन बनाए । त्यस्तै उनलाई साथ दिएका लामिछानेको प्रदर्शन समेत उत्कृष्ट रह्यो । लामिछानेले ५ रन जोडे । नेपालका लागी दिलिप नाथ ४१, रोहित कुमार पौडेल २७ आरिफ सेख २६ रन बनाए पनि त्यो जितका लागी प्रयाप्त भएन् । त्यस्तै ज्ञानेन्द्र मल्लले ९ रन जोड्दा कप्तान पारस खड्का ० रनमा आउट भए ।
यसअघि टस हारेर पहिले व्याटिङको निम्ता पाएको क्यानडाले ८ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । क्यानडाका ओपनर व्याट्सम्यान श्रीमन्थ विजेरत्नेले एक सय ५२ बलमा आठ चौकाको मद्धत सर्वाधिक १ सय ३ रन बनाए ।
त्यस्तै हम्जा टारिकले २४, शाद बिन जफरले १० रन बनाए । नेपालका लागी बसन्त रेग्मीले ३, सन्दिप लामिछानेले २ र करन केसी र शरद भेश्वाकरले १—१ विकेट लिए । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












