गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै
चितवन, १६ फागुन । धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ ।
नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् ।राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार एक वर्ष छ महिना अघिबाट रामपुरमा उक्त वीर्य होलस्टेन गाईमा प्रयोग गरिँदै आएको छ । यो महिनामा मात्रै तीनवटा बाच्छी जन्मिएको उहाँले बताउनुभयो । हालसम्म ५० वटा गाईमा वीर्य प्रयोग गरिएको र सातवटाले बाच्छी जन्माइसकेका छन् भने अन्य ब्याउने तयारीमा छन् । उहाँका अनुसार सो वीर्यबाट सतप्रतिशत बाच्छी मात्रै जन्मने गर्दछन् । वीर्य रहने मात्रा भने २५ प्रतिशत मात्रै हुने भएकाले दुई÷तीन पटक वीर्य प्रयोग गर्नुपर्ने हुन्छ ।
नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन गोरुको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गर्दछ भने गाईले बढी दूध दिने आचार्यले बताउनुभयो । उहाँका अनुसार उक्त वीर्य प्रयोग गरेका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएका छन् । अन्य वीर्य प्रयोग गरी ब्याएका गाईले १५ लिटर हाराहारी दूध दिएको उहाँले बताउनुभयो । बाच्छीको तौल जन्मँदैमा ४४ किलो हाराहारी रहेका छन् । अन्य वीर्य दिँदा १७ किलो हाराहारी जन्मिने गरेको संयोजक आचार्यले बताउनुभयो । योसँगै बाच्छी मात्रै जन्मिने भएकाले व्यवस्थापनको समस्या पूरै हटेको छ । यस्ता बाच्छीबाट छिटो गर्भधारण गर्ने र दूध धेरै दिने विज्ञले बताएका छन् ।
नेपालको पोखरामा आफँै वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको आचायले बताउनुभयो । सो प्रविधिलाई सेक्सिड सिमेन भनिन्छ । जसबाट बाँच्छी मात्रै जन्मने गर्दछ । वीर्यमा हुने एक्स क्रोमोजमले पुरुष र वाई क्रोमोजमले स्त्री जन्माउने गर्दछ । सामान्य अवस्थामा एक्स र वाई मिसिएर पुरुष र स्त्री लिंगी बराबर जन्मिन्छन् । आचार्यका अनुसार यस प्रविधिअन्तर्गत संकलित साँढेको वीर्यलाई वाई वाई क्रोमोजम छुट्याएर प्रयोगमा ल्याइन्छ । जसका कारण बाच्छी मात्रै जन्मिने गर्दछ ।
क्रोमोजम छुट्याउने प्रविधि निकै खर्चिलो हुने हुँदा विभागले पोखरामा मात्रै उपकरण जडान गरी वीर्य उत्पादन गर्ने तयारी गरिरहेको छ । होलस्टेन, जर्सी जस्ता गाईबाट जन्मिने बाच्छाको जुरो नहुँने हुँदा जोत्न नमिल्ने भएकाले यसलाई सडकमा छाड्ने गरेको पाइन्छ । नेपालमा गाईको संख्या ७२ लाख रहेको छ । देशभरमा उत्पादित दूधमध्ये ३० प्रतिशत हिस्सा गाईले ओगटेको छ । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











