गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै
चितवन, १६ फागुन । धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ ।
नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् ।राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार एक वर्ष छ महिना अघिबाट रामपुरमा उक्त वीर्य होलस्टेन गाईमा प्रयोग गरिँदै आएको छ । यो महिनामा मात्रै तीनवटा बाच्छी जन्मिएको उहाँले बताउनुभयो । हालसम्म ५० वटा गाईमा वीर्य प्रयोग गरिएको र सातवटाले बाच्छी जन्माइसकेका छन् भने अन्य ब्याउने तयारीमा छन् । उहाँका अनुसार सो वीर्यबाट सतप्रतिशत बाच्छी मात्रै जन्मने गर्दछन् । वीर्य रहने मात्रा भने २५ प्रतिशत मात्रै हुने भएकाले दुई÷तीन पटक वीर्य प्रयोग गर्नुपर्ने हुन्छ ।
नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन गोरुको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गर्दछ भने गाईले बढी दूध दिने आचार्यले बताउनुभयो । उहाँका अनुसार उक्त वीर्य प्रयोग गरेका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएका छन् । अन्य वीर्य प्रयोग गरी ब्याएका गाईले १५ लिटर हाराहारी दूध दिएको उहाँले बताउनुभयो । बाच्छीको तौल जन्मँदैमा ४४ किलो हाराहारी रहेका छन् । अन्य वीर्य दिँदा १७ किलो हाराहारी जन्मिने गरेको संयोजक आचार्यले बताउनुभयो । योसँगै बाच्छी मात्रै जन्मिने भएकाले व्यवस्थापनको समस्या पूरै हटेको छ । यस्ता बाच्छीबाट छिटो गर्भधारण गर्ने र दूध धेरै दिने विज्ञले बताएका छन् ।
नेपालको पोखरामा आफँै वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको आचायले बताउनुभयो । सो प्रविधिलाई सेक्सिड सिमेन भनिन्छ । जसबाट बाँच्छी मात्रै जन्मने गर्दछ । वीर्यमा हुने एक्स क्रोमोजमले पुरुष र वाई क्रोमोजमले स्त्री जन्माउने गर्दछ । सामान्य अवस्थामा एक्स र वाई मिसिएर पुरुष र स्त्री लिंगी बराबर जन्मिन्छन् । आचार्यका अनुसार यस प्रविधिअन्तर्गत संकलित साँढेको वीर्यलाई वाई वाई क्रोमोजम छुट्याएर प्रयोगमा ल्याइन्छ । जसका कारण बाच्छी मात्रै जन्मिने गर्दछ ।
क्रोमोजम छुट्याउने प्रविधि निकै खर्चिलो हुने हुँदा विभागले पोखरामा मात्रै उपकरण जडान गरी वीर्य उत्पादन गर्ने तयारी गरिरहेको छ । होलस्टेन, जर्सी जस्ता गाईबाट जन्मिने बाच्छाको जुरो नहुँने हुँदा जोत्न नमिल्ने भएकाले यसलाई सडकमा छाड्ने गरेको पाइन्छ । नेपालमा गाईको संख्या ७२ लाख रहेको छ । देशभरमा उत्पादित दूधमध्ये ३० प्रतिशत हिस्सा गाईले ओगटेको छ । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












