किसानलाई गाडीभन्दा घोडाको भर
तेह्रथुम, १७ फागुन (रासस) ः छथर गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । अब हरेक वडाका गाउँ–गाउँसम्म सडक पुगेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सवारी साधनको अभाव छ, तर सडकको अभाव भने छैन ।
गाउँलेले आफैँ लगानी गरेर भए पनि सडक खनेका छन् । जिल्लामा अहिले पनि गाडी चढेरै धेरै वडा कार्यालयसम्म पुग्न सकिन्छ । उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन छथर गाउँपालिका–१, आङ्दिमका राजकुमार पन्त घोडा प्रयोग गर्नुहुन्छ । व्यावसायिक गाई फार्म सञ्चालन गरी दैनिक दूध बिक्री गर्दै आउनुभएका उहाँले आवश्यक पर्ने सामान आयात र दूध ढुवानीका लागि घोडाको प्रयोग गर्नुहुन्छ ।
पन्तले अहिले तीनवटा घोडा पाल्नुभएको छ । ढुवानीका लागि घोडा पालेको उहाँ बताउनुहुन्छ । सडकको पहुँच भए पनि गाडीभन्दा घोडा नै भरपर्दो भएको उहाँको भनाइ छ । “गाडीभन्दा घोडा सस्तो र भरपर्दो छ,” उहाँले भन्नुभयोे ।
पन्तले घोडामार्फत सामान र दूध ढुवानी गरेरै मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ । छथर गाउँपालिकामा पन्तजस्तै अरु धेरैले उत्पादन गरेको दूध ढुवानी गर्न घोडाको प्रयोग हुँदैआएको छ । किसानले ढुवानीका लागि सवारी साधनभन्दा भरपर्दो भएकाले घोडा खरिद गरेका हुन् । उनीहरुले दूध ढुवानीकै लागि सहकारी संस्थामार्फत घोडा खरिद गरेका छन् ।
“कच्ची सडक छन्, घोडा नै सबैभन्दा उत्तम छ”, पन्तले भन्नुभयो ।
घोडा प्रभावकारी साधन बनेको मार्गदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टीकाराम बस्नेत बताउनुहुन्छ । सो सहकारीले गतवर्ष दूध ढुवानीकै लागि घोडा खरिद गरेको थियो । “सवारी साधन पर्याप्त छैनन्”, उहाँले भन्नुभयो, “वर्षात्का बेला त सवारी साधन नै चल्दैनन् ।” हैरानी खेप्दै आएका किसानका लागि घोडा नै उत्तम विकल्प छ ।
सुदापका काजीमान आँखेवा पनि दूध ढुवानी घोडामार्फत नै गर्नुहुन्छ । उक्त क्षेत्रका प्रायः किसानले व्यावसायिक रुपमा गाई–भैँसीपालन गर्दै आएका छन् । दूध ढुवानीका लागि उनीहरुले घोडा पाल्ने गरेका छन् । मच्छिन्द्र पशुपालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका आँखेवा स्थानीय कृषि उत्पादन शुक्रबारे बजारसम्म ढुवानी गर्न घोडाको प्रयोग गर्दैआउनुभएको छ ।
जिल्ला दुग्ध उत्पादन संघका अध्यक्ष बुद्धिमान खुलालले वैदेशिक रोजगारबाट फर्किएका युवा गाई फार्म सञ्चालनमा लागेका बताउनुभयो । अहिलेसम्म छजनाले गाई फार्म दर्ता गरेका् जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।” (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












