किसानलाई गाडीभन्दा घोडाको भर
तेह्रथुम, १७ फागुन (रासस) ः छथर गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । अब हरेक वडाका गाउँ–गाउँसम्म सडक पुगेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सवारी साधनको अभाव छ, तर सडकको अभाव भने छैन ।
गाउँलेले आफैँ लगानी गरेर भए पनि सडक खनेका छन् । जिल्लामा अहिले पनि गाडी चढेरै धेरै वडा कार्यालयसम्म पुग्न सकिन्छ । उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन छथर गाउँपालिका–१, आङ्दिमका राजकुमार पन्त घोडा प्रयोग गर्नुहुन्छ । व्यावसायिक गाई फार्म सञ्चालन गरी दैनिक दूध बिक्री गर्दै आउनुभएका उहाँले आवश्यक पर्ने सामान आयात र दूध ढुवानीका लागि घोडाको प्रयोग गर्नुहुन्छ ।
पन्तले अहिले तीनवटा घोडा पाल्नुभएको छ । ढुवानीका लागि घोडा पालेको उहाँ बताउनुहुन्छ । सडकको पहुँच भए पनि गाडीभन्दा घोडा नै भरपर्दो भएको उहाँको भनाइ छ । “गाडीभन्दा घोडा सस्तो र भरपर्दो छ,” उहाँले भन्नुभयोे ।
पन्तले घोडामार्फत सामान र दूध ढुवानी गरेरै मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ । छथर गाउँपालिकामा पन्तजस्तै अरु धेरैले उत्पादन गरेको दूध ढुवानी गर्न घोडाको प्रयोग हुँदैआएको छ । किसानले ढुवानीका लागि सवारी साधनभन्दा भरपर्दो भएकाले घोडा खरिद गरेका हुन् । उनीहरुले दूध ढुवानीकै लागि सहकारी संस्थामार्फत घोडा खरिद गरेका छन् ।
“कच्ची सडक छन्, घोडा नै सबैभन्दा उत्तम छ”, पन्तले भन्नुभयो ।
घोडा प्रभावकारी साधन बनेको मार्गदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टीकाराम बस्नेत बताउनुहुन्छ । सो सहकारीले गतवर्ष दूध ढुवानीकै लागि घोडा खरिद गरेको थियो । “सवारी साधन पर्याप्त छैनन्”, उहाँले भन्नुभयो, “वर्षात्का बेला त सवारी साधन नै चल्दैनन् ।” हैरानी खेप्दै आएका किसानका लागि घोडा नै उत्तम विकल्प छ ।
सुदापका काजीमान आँखेवा पनि दूध ढुवानी घोडामार्फत नै गर्नुहुन्छ । उक्त क्षेत्रका प्रायः किसानले व्यावसायिक रुपमा गाई–भैँसीपालन गर्दै आएका छन् । दूध ढुवानीका लागि उनीहरुले घोडा पाल्ने गरेका छन् । मच्छिन्द्र पशुपालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका आँखेवा स्थानीय कृषि उत्पादन शुक्रबारे बजारसम्म ढुवानी गर्न घोडाको प्रयोग गर्दैआउनुभएको छ ।
जिल्ला दुग्ध उत्पादन संघका अध्यक्ष बुद्धिमान खुलालले वैदेशिक रोजगारबाट फर्किएका युवा गाई फार्म सञ्चालनमा लागेका बताउनुभयो । अहिलेसम्म छजनाले गाई फार्म दर्ता गरेका् जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।” (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













