भाषा आयोगले राना थारू भाषाबारे अनुसन्धान गर्दै
कञ्चनपुर, २३ फागुन । भाषा आयोगको विज्ञ टोलीले कञ्चनपुरमा राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु गरेको छ ।
राना थारू भाषाको पाठ्यपुस्तक विद्यालयमा लागू गर्न उपयुक्त छ–छैन भन्ने बारे अनुसन्धान गर्नका लागि भाषा आयोगको टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेका विद्यालयमा अनुसन्धानको कार्य शुरु गरेको हो ।
लालझाडी गाउँपालिकामा ९९ प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ । विद्यालयमा पठनपाठनका सामग्री कस्ता छन्, शिक्षकले विद्यार्थीलाई पढाएको कुरा बुझे÷नबुझेको र उनीहरुको अभिरुचिका बारे यहाँ रहेका २४ वटा विद्यालयमा टोलीहरु खटाएर अध्ययनको कार्य भइरहेको भाषा आयोगका उपसचिव गणेशप्रसाद भट्टराईले बताउनुभयो । देशभरिमा दशवटा गाउँपालिका मातृभाषामा पढाइ शुरु गर्नका लागि छनोट गरिएका छन् जसमध्ये प्रदेश नं ७ को कञ्चनपुरको लालझाडी गाँउपालिका छनोटमा परेको हो ।
अनुसन्धानका क्रममा आधारभूत तहको कक्षा ३ सम्म नेपाली, गणित र विज्ञान लगायतका सबै विषय मातृभाषामा पढाइ गर्न सकिने देखिएको उपसचिव भट्टराईले बताउनुभयो । “यसका लागि गाउँपालिकाका अध्यक्षसमेत सकारात्मक देखिनुभएको छ,” उहाँले भन्नुभयो । गाउँपालिकाका अध्यक्षले राना भाषामै पढाइको व्यवस्था मिलाउन सकिने आश्वासन दिएको उहाँको भनाइ रहेको छ ।
आयोगको टोलीले गाउँपालिकामा रहेका २४ वटै विद्यालयमा राना थारू भाषाको पाठ्यपुस्तक लागू गर्नका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राना थारू अगुवा, शिक्षक, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत सँग छलफलसमेत गरेको छ । टोलीमा भाषा आयोगका उपसचिव भट्टराई, भाषाविज्ञ डा डिल्लीराम रिमाल र भाषा आयोगका लेखा अधिकृत दावा शेर्पालगायत रहनुभएको छ । (रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












