भाषा आयोगले राना थारू भाषाबारे अनुसन्धान गर्दै
कञ्चनपुर, २३ फागुन । भाषा आयोगको विज्ञ टोलीले कञ्चनपुरमा राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु गरेको छ ।
राना थारू भाषाको पाठ्यपुस्तक विद्यालयमा लागू गर्न उपयुक्त छ–छैन भन्ने बारे अनुसन्धान गर्नका लागि भाषा आयोगको टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेका विद्यालयमा अनुसन्धानको कार्य शुरु गरेको हो ।
लालझाडी गाउँपालिकामा ९९ प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ । विद्यालयमा पठनपाठनका सामग्री कस्ता छन्, शिक्षकले विद्यार्थीलाई पढाएको कुरा बुझे÷नबुझेको र उनीहरुको अभिरुचिका बारे यहाँ रहेका २४ वटा विद्यालयमा टोलीहरु खटाएर अध्ययनको कार्य भइरहेको भाषा आयोगका उपसचिव गणेशप्रसाद भट्टराईले बताउनुभयो । देशभरिमा दशवटा गाउँपालिका मातृभाषामा पढाइ शुरु गर्नका लागि छनोट गरिएका छन् जसमध्ये प्रदेश नं ७ को कञ्चनपुरको लालझाडी गाँउपालिका छनोटमा परेको हो ।
अनुसन्धानका क्रममा आधारभूत तहको कक्षा ३ सम्म नेपाली, गणित र विज्ञान लगायतका सबै विषय मातृभाषामा पढाइ गर्न सकिने देखिएको उपसचिव भट्टराईले बताउनुभयो । “यसका लागि गाउँपालिकाका अध्यक्षसमेत सकारात्मक देखिनुभएको छ,” उहाँले भन्नुभयो । गाउँपालिकाका अध्यक्षले राना भाषामै पढाइको व्यवस्था मिलाउन सकिने आश्वासन दिएको उहाँको भनाइ रहेको छ ।
आयोगको टोलीले गाउँपालिकामा रहेका २४ वटै विद्यालयमा राना थारू भाषाको पाठ्यपुस्तक लागू गर्नका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राना थारू अगुवा, शिक्षक, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत सँग छलफलसमेत गरेको छ । टोलीमा भाषा आयोगका उपसचिव भट्टराई, भाषाविज्ञ डा डिल्लीराम रिमाल र भाषा आयोगका लेखा अधिकृत दावा शेर्पालगायत रहनुभएको छ । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













