प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौं : कांग्रेस
काठमाडौं ,२७ फागुन। नेकपा एमालेले प्रधामन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनका लागि प्रतिनिधिभसामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।
विश्वासको मत दिन नेपाली कांग्रेस नकारात्मक भएपनि बाकी सबै दलले सकारात्मक जवाफ दिएको वार्तामा सहभागी एक नेताले बताएका छन् ।
एमालेका नेता सुवास नेम्वाङले आइतबार विहान कांग्रेससँग प्रधानमन्त्रीको विश्वासको मतबारे वार्ता गरेका थिए । तर, कांग्रेसले भने प्रतिपक्षमा नै बस्ने जनाउँदै विपक्षमा मतदान गर्ने जवाफ दिएको छ ।
नेम्वाङले नयाँ शक्तिसँग पनि छलफल गरे , प्रधानमन्त्रीप्रति आफूहरुको विश्वास रहेको तर मतदानको बेला सांसद डा.बाबुराम भट्टराई नेपालमा नहुने जानकारी नयाँ शक्ति पार्टीले गराएको छ ।
प्रधानमन्त्रीको पक्षमा एमाले र माओवादी सहित राजपा, संघीय समाजवादी फोरम र साना दलका गरी २०९ मत आउने निश्चित भएको एमालेले जनाएको छ । प्रतिनिधिसभामा २७५ सांसद छन् । सभामुख बाहेक २७४ सांसदले मत दिन पाउछन् । अहिलेसम्म प्रधानमन्त्रीलाई करीव ८० प्रतिशत सांसदको समर्थन रहने देखिएको छ ।
विश्वासको मतका लागि अपरान्ह संसद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिएपछि अब २ वर्षसम्म संसदमा अविश्वास प्रस्ताव ल्याउन मिल्दैन । कांग्रेस बाहेक अन्य दलबाट सकारात्मक जवाफ आएको र प्रधानमन्त्रीलाई दुई तिहाई भन्दा धेरै बढी मत आउने नेता नेम्वाङले बताएका छन् । उता नेमकिपाले भने प्रधानमन्त्रीलाई मत दिने या नदिने विषयमा अहिलेसम्म निर्णय गरेको छैन।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












