प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौं : कांग्रेस
काठमाडौं ,२७ फागुन। नेकपा एमालेले प्रधामन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनका लागि प्रतिनिधिभसामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।
विश्वासको मत दिन नेपाली कांग्रेस नकारात्मक भएपनि बाकी सबै दलले सकारात्मक जवाफ दिएको वार्तामा सहभागी एक नेताले बताएका छन् ।
एमालेका नेता सुवास नेम्वाङले आइतबार विहान कांग्रेससँग प्रधानमन्त्रीको विश्वासको मतबारे वार्ता गरेका थिए । तर, कांग्रेसले भने प्रतिपक्षमा नै बस्ने जनाउँदै विपक्षमा मतदान गर्ने जवाफ दिएको छ ।
नेम्वाङले नयाँ शक्तिसँग पनि छलफल गरे , प्रधानमन्त्रीप्रति आफूहरुको विश्वास रहेको तर मतदानको बेला सांसद डा.बाबुराम भट्टराई नेपालमा नहुने जानकारी नयाँ शक्ति पार्टीले गराएको छ ।
प्रधानमन्त्रीको पक्षमा एमाले र माओवादी सहित राजपा, संघीय समाजवादी फोरम र साना दलका गरी २०९ मत आउने निश्चित भएको एमालेले जनाएको छ । प्रतिनिधिसभामा २७५ सांसद छन् । सभामुख बाहेक २७४ सांसदले मत दिन पाउछन् । अहिलेसम्म प्रधानमन्त्रीलाई करीव ८० प्रतिशत सांसदको समर्थन रहने देखिएको छ ।
विश्वासको मतका लागि अपरान्ह संसद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिएपछि अब २ वर्षसम्म संसदमा अविश्वास प्रस्ताव ल्याउन मिल्दैन । कांग्रेस बाहेक अन्य दलबाट सकारात्मक जवाफ आएको र प्रधानमन्त्रीलाई दुई तिहाई भन्दा धेरै बढी मत आउने नेता नेम्वाङले बताएका छन् । उता नेमकिपाले भने प्रधानमन्त्रीलाई मत दिने या नदिने विषयमा अहिलेसम्म निर्णय गरेको छैन।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











