मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ, १ चैत । नेपाल शैक्षिक परामर्श संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।
सोही संघबाट बंगलादेशमा चिकित्साशास्त्र पढ्न गएका १३ विद्यार्थीले पढाइ सम्पन्न गरेर फर्कने क्रममा दुर्घटनामा परी ज्यान गुमाएकामा उनीहरुले बुधबार साँझ दुःख व्यक्त गरेका थिए ।
दुर्घटनामा ज्यान गुमाएकाका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरियो ।
संघका महासचिव सन्तोष प्याकुरेलले सो घटनामा परी देशका विभिन्न क्षेत्रका दक्ष जनशक्ति, होनहार तथा प्रतिभाशाली मानिसको मृत्यु भई अहिले मुलुक शोकाकुल भइरहेको भन्दै मृतात्माको चिर शान्तिको कामना गर्न कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।
ब्रिलियन्ट एजुकेशन एण्ड क्यारियरका निर्देशक एवं संघका पूर्व अध्यक्ष राजेन्द्र बरालले उक्त दुर्घटनाका कारण अध्ययन पूरा गरेका १३ चिकित्सक, वरिष्ठ न्यूरो सर्जन तथा उद्योगीले ज्यान गुमाउन परेकाले देशलाई अपुरणीय क्षति भएको बताउँदै घाइतेको उचित उपचारको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा दुर्घटनामा परी ५१ जनाको मृत्यु तथा २० जना घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । (रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












