मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ, १ चैत । नेपाल शैक्षिक परामर्श संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।
सोही संघबाट बंगलादेशमा चिकित्साशास्त्र पढ्न गएका १३ विद्यार्थीले पढाइ सम्पन्न गरेर फर्कने क्रममा दुर्घटनामा परी ज्यान गुमाएकामा उनीहरुले बुधबार साँझ दुःख व्यक्त गरेका थिए ।
दुर्घटनामा ज्यान गुमाएकाका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरियो ।
संघका महासचिव सन्तोष प्याकुरेलले सो घटनामा परी देशका विभिन्न क्षेत्रका दक्ष जनशक्ति, होनहार तथा प्रतिभाशाली मानिसको मृत्यु भई अहिले मुलुक शोकाकुल भइरहेको भन्दै मृतात्माको चिर शान्तिको कामना गर्न कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।
ब्रिलियन्ट एजुकेशन एण्ड क्यारियरका निर्देशक एवं संघका पूर्व अध्यक्ष राजेन्द्र बरालले उक्त दुर्घटनाका कारण अध्ययन पूरा गरेका १३ चिकित्सक, वरिष्ठ न्यूरो सर्जन तथा उद्योगीले ज्यान गुमाउन परेकाले देशलाई अपुरणीय क्षति भएको बताउँदै घाइतेको उचित उपचारको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा दुर्घटनामा परी ५१ जनाको मृत्यु तथा २० जना घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













