नार फुको च्याखु गोठमा सिमित ७७ वर्षीया आनीको संसार
नार फु, मनाङ, १ चैत । नेपालमा थुप्रै परिवर्तन भए र हँुदै आएका पनि छन् । महिला अधिकारका चर्का नारा र भाषणले कति सडक तताइएका पनि छन् ।
हिजोआज हाम्रो देशका महत्वपूर्ण ठाउँमा नारीको राम्रै उपस्थिति रहेको पाइन्छ भने सरकारले पनि महिलालाई प्राथमिकताका साथ अवसर दिँदै आएको छ । नियम कानून पनि निर्माण भएका छन् ।
तर दूरदराजमा रहेकी एक वृद्वा आनी छोमा लामालाई सरकार के हो भन्ने कुरा समेत थाहा छैन । मनाङको नार फु गाउँपालिका च्याखुको लेकमा रहेको सानो गाईगोठमा दुःखले जीवन बिताउँदै आएकी ७७ बर्षीया आनी छोमा लामा नेपाली राम्रोसँग बोल्न पनि जान्दिनन् ।
उनलाई तिव्बतबाट भागेर लुक्न आएका खम्पा विद्रोहीहरुले दिएको पीडा राम्रोसँग थाहा छ । आफू जन्मिएको घर देखाउँदै उनले भनिन् “हामी यही घरमा जन्मिएका हौँ । तिव्बतबाट भागेर आएका खम्पाले हामीलाई धेरै दुःख दिए । हामीले बनाएको घर भत्काए । चाँैरी मारे, दिदीबैनीलाई नराम्रो व्यवहार पनि गरे ।”
सानैबाट दुःख भोगेकाले आजसम्म पनि दुःखमा नै रमाउन सकेको छु, उनी भन्छिन्, “पहिला चौँरी पालेकी थिएँ, चौँरीले राम्रो फाइदा दिएन र अहिले लुलु गाई पालेकी छु । यिनीहरु डुलाएर दिन काटेकी छु ।”
मनाङ जिल्ला सदरमुकाम चामेभन्दा तल नझरेकी छोमा लामालाई मनाङमा मोटर आएको पनि थाहा छैन । बाटो बनेको छ, मोटर चल्छ नि भन्दा खै कुन्नि, मलाई त थाहा छैन भन्दै निधार खुम्चाउँछिन् ।
विवाहसम्म नगरेकी आनी छोमा हाल बहिनीसँग बसेकी छिन् । आफ्ना भनेकै यिनै दुई बहिनी रहेको बताउँदै उनीहरुकै साथमा र आडभरोसामा रहेको उनले बताइन् । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













