नार फुको च्याखु गोठमा सिमित ७७ वर्षीया आनीको संसार
नार फु, मनाङ, १ चैत । नेपालमा थुप्रै परिवर्तन भए र हँुदै आएका पनि छन् । महिला अधिकारका चर्का नारा र भाषणले कति सडक तताइएका पनि छन् ।
हिजोआज हाम्रो देशका महत्वपूर्ण ठाउँमा नारीको राम्रै उपस्थिति रहेको पाइन्छ भने सरकारले पनि महिलालाई प्राथमिकताका साथ अवसर दिँदै आएको छ । नियम कानून पनि निर्माण भएका छन् ।
तर दूरदराजमा रहेकी एक वृद्वा आनी छोमा लामालाई सरकार के हो भन्ने कुरा समेत थाहा छैन । मनाङको नार फु गाउँपालिका च्याखुको लेकमा रहेको सानो गाईगोठमा दुःखले जीवन बिताउँदै आएकी ७७ बर्षीया आनी छोमा लामा नेपाली राम्रोसँग बोल्न पनि जान्दिनन् ।
उनलाई तिव्बतबाट भागेर लुक्न आएका खम्पा विद्रोहीहरुले दिएको पीडा राम्रोसँग थाहा छ । आफू जन्मिएको घर देखाउँदै उनले भनिन् “हामी यही घरमा जन्मिएका हौँ । तिव्बतबाट भागेर आएका खम्पाले हामीलाई धेरै दुःख दिए । हामीले बनाएको घर भत्काए । चाँैरी मारे, दिदीबैनीलाई नराम्रो व्यवहार पनि गरे ।”
सानैबाट दुःख भोगेकाले आजसम्म पनि दुःखमा नै रमाउन सकेको छु, उनी भन्छिन्, “पहिला चौँरी पालेकी थिएँ, चौँरीले राम्रो फाइदा दिएन र अहिले लुलु गाई पालेकी छु । यिनीहरु डुलाएर दिन काटेकी छु ।”
मनाङ जिल्ला सदरमुकाम चामेभन्दा तल नझरेकी छोमा लामालाई मनाङमा मोटर आएको पनि थाहा छैन । बाटो बनेको छ, मोटर चल्छ नि भन्दा खै कुन्नि, मलाई त थाहा छैन भन्दै निधार खुम्चाउँछिन् ।
विवाहसम्म नगरेकी आनी छोमा हाल बहिनीसँग बसेकी छिन् । आफ्ना भनेकै यिनै दुई बहिनी रहेको बताउँदै उनीहरुकै साथमा र आडभरोसामा रहेको उनले बताइन् । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













