चैती छठपर्वको तयारी हुँदै
वीरगन्ज, ४ चैत । लोक आस्थाको पर्वका रुपमा रहेको चैती छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृंगार्ने काम भइरहेको छ ।
कतिपय पोखरी र घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा चैती छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको सरोवरहरु घडिअडवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाटसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । स्थानीयवासीका अनुसार प्रत्येक वर्ष चैती छठ मनाउनेको संख्यामा वृद्धि भइरहेको छ । छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै चहलपहल देखिन थालेको छ ।
स्थानीयवासीका अनुसार विगतभन्दा यस वर्ष छठको आवश्यक पर्ने सामानको मूल्य निकै वृद्धि भएको छ । यस वर्ष चैती छठ चतुर्थी (चैत ७) देखि शुरु हुने छ भने चैत १० गते सम्पन्न हुनेछ । छठको पहिलो दिन व्रती महिला नहाय खाय गरी छठ पर्व आरम्भ गर्ने गर्छन् ।
छठको दोस्रो दिन खरना विधि गरिएको छ, खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरको लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरु दिनभरि उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाई सकेपछि व्रतीले प्रसादका रुपमा ग्रहण गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको छ ।
अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ दिएर व्रत समाप्त गर्छन् । पारिवारिक सुख शान्ति छ, कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले यो पर्व मनाउने हो । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको व्रती सुधा कर्णले बताइन् ।
ज्योतिषशास्त्रका आधारमा चैती छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायन हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि आल्हादकारी समेत हुन्छ । चैती छठको तयारीमा रहेको श्रद्धालुले एक महिनाअघिदेखि नै बजारमा किनमेल गर्ने गर्दछ । पर्वको मुख्य प्रसादका रुपमा रहेको केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल यति बेला अधिक मात्रामा हुने गर्छ ।
चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लहसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्छन् । महाभारतमा द्रोपतीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख छ । उक्त समय पाण्डव मिथिलाको किरात राजाका राज्यमा बास बसेको थियो । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको विश्वास रहेको छ ।
अर्काेतिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत बसेपछि अटल सौभाग्य र इच्छा पूरा भएको सम्झनामा त्यही दिनदेखि छठपर्वको शुरुआत गरिएको भनिन्छ । सातौँ शताब्दीमा श्रापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनापछि सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेकाले त्यही दिनदेखि सूर्यको आराधना प्रारम्भ भएको अर्काथरिको मत छ ।
छठ पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ । सूर्य उपासना एक मौलिक परम्परा हो जसमा भिक्षा मागेर सूर्यलाई पूजा गर्ने गरिन्छ ।
(रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













