चैती छठपर्वको तयारी हुँदै
वीरगन्ज, ४ चैत । लोक आस्थाको पर्वका रुपमा रहेको चैती छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृंगार्ने काम भइरहेको छ ।
कतिपय पोखरी र घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा चैती छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको सरोवरहरु घडिअडवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाटसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । स्थानीयवासीका अनुसार प्रत्येक वर्ष चैती छठ मनाउनेको संख्यामा वृद्धि भइरहेको छ । छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै चहलपहल देखिन थालेको छ ।
स्थानीयवासीका अनुसार विगतभन्दा यस वर्ष छठको आवश्यक पर्ने सामानको मूल्य निकै वृद्धि भएको छ । यस वर्ष चैती छठ चतुर्थी (चैत ७) देखि शुरु हुने छ भने चैत १० गते सम्पन्न हुनेछ । छठको पहिलो दिन व्रती महिला नहाय खाय गरी छठ पर्व आरम्भ गर्ने गर्छन् ।
छठको दोस्रो दिन खरना विधि गरिएको छ, खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरको लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरु दिनभरि उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाई सकेपछि व्रतीले प्रसादका रुपमा ग्रहण गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको छ ।
अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ दिएर व्रत समाप्त गर्छन् । पारिवारिक सुख शान्ति छ, कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले यो पर्व मनाउने हो । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको व्रती सुधा कर्णले बताइन् ।
ज्योतिषशास्त्रका आधारमा चैती छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायन हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि आल्हादकारी समेत हुन्छ । चैती छठको तयारीमा रहेको श्रद्धालुले एक महिनाअघिदेखि नै बजारमा किनमेल गर्ने गर्दछ । पर्वको मुख्य प्रसादका रुपमा रहेको केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल यति बेला अधिक मात्रामा हुने गर्छ ।
चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लहसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्छन् । महाभारतमा द्रोपतीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख छ । उक्त समय पाण्डव मिथिलाको किरात राजाका राज्यमा बास बसेको थियो । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको विश्वास रहेको छ ।
अर्काेतिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत बसेपछि अटल सौभाग्य र इच्छा पूरा भएको सम्झनामा त्यही दिनदेखि छठपर्वको शुरुआत गरिएको भनिन्छ । सातौँ शताब्दीमा श्रापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनापछि सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेकाले त्यही दिनदेखि सूर्यको आराधना प्रारम्भ भएको अर्काथरिको मत छ ।
छठ पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ । सूर्य उपासना एक मौलिक परम्परा हो जसमा भिक्षा मागेर सूर्यलाई पूजा गर्ने गरिन्छ ।
(रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













