प्रभावितलाई क्षतिपूर्ति दिन जलविद्युत् अयोजना सहमत
सल्लेरी, सोलुखुम्बु ८ चैत ।।तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् ।
सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा नं ११ तिलांमा भएको छलफलमा प्रभावित क्षेत्रका नागरिकको खेतीबालीमा पुगेको क्षति मूल्यांकन गरी प्रति रोपनी २५ हजारका दरले आयोजनाको तर्फबाट सम्बन्धित जग्गाधनीलाई रकम प्रदान गर्ने सहमति भएको छ ।
सोलुखुम्बुको सोलुदूधुकण्ड नगरपालिका–११ मा निमार्णाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु खोला जलविद्युत् आयोजना र प्रभावित क्षेत्रका स्थानीयवासीबीच आज भएको छलफलपछि यस्तो लिखित सहमति भएको हो ।
जलविद्युत् आयोजनाको काम गर्ने क्रममा खेतीयोग्य जमिनमा क्षति पुगेको तथा विभिन्न रासायनिक पदार्थको प्रयोगबाट माटोको उर्वरा शक्तिमा हस आएको दाबी गर्दै स्थानीयवासीले क्षतिपूर्ति मागदाबी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय हुँदै नगरपालिकाको कार्यालयमा समेत सहयोग माग गरेपछि बुधबार हाइड्रोपावरका प्रतिनिधि, स्थानीयवासी प्रभावित र जनप्रतिनिधिबीचको छलफलपछि क्षतिपूर्ति दिने सहमति भएको नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।
क्षतिको मूल्याकंन तथा माटोको परीक्षण गरी प्रभावित यकिन गर्न सोलुदूधकुण्ड नगरपालिकाले प्राविधिक खटाउने भएको छ । नगरपालिकाबाट प्राविधिक खटाएर २० दिनभित्र क्षतिको मूल्याकन गरी प्रभावितलाई क्षतिपूर्ति दिइनेछ ।
स्थानीयवासी सावित्री बस्नेतले जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका नागरिकको माग सुनुवाइ नगरेको गुनासो गर्नुभयो । विकासको काम हुनु सुखद पक्ष भए पनि यसबाट जनताको दैनिक जीवनमा परेको असरप्रति आयोजना संवेदनशील नभएको उहाँले आरोप लगाउनुभयो ।
तल्लो सोलुखोला जलविद्युत् आयोजनाका प्रबन्धक कविराज पौडेलले स्थानीयवासीको जायज मागप्रति आफूहरु सकारात्मक रहेको भन्दै स्थानीयवासीको माग पूरा हुने बताउनुभयो ।
छलफलमा नगरपालिकाका प्रमुख नाम्गे शेर्पा, उपप्रमुख कल्पना राई, तल्लो सोलुखोला जलविद्युत् आयोजनाका प्रबन्धक कविराज पौडेल र प्रभावित ३० घरधुरीबाट सहभागी भएका थिए ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











