प्रभावितलाई क्षतिपूर्ति दिन जलविद्युत् अयोजना सहमत
सल्लेरी, सोलुखुम्बु ८ चैत ।।तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् ।
सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा नं ११ तिलांमा भएको छलफलमा प्रभावित क्षेत्रका नागरिकको खेतीबालीमा पुगेको क्षति मूल्यांकन गरी प्रति रोपनी २५ हजारका दरले आयोजनाको तर्फबाट सम्बन्धित जग्गाधनीलाई रकम प्रदान गर्ने सहमति भएको छ ।
सोलुखुम्बुको सोलुदूधुकण्ड नगरपालिका–११ मा निमार्णाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु खोला जलविद्युत् आयोजना र प्रभावित क्षेत्रका स्थानीयवासीबीच आज भएको छलफलपछि यस्तो लिखित सहमति भएको हो ।
जलविद्युत् आयोजनाको काम गर्ने क्रममा खेतीयोग्य जमिनमा क्षति पुगेको तथा विभिन्न रासायनिक पदार्थको प्रयोगबाट माटोको उर्वरा शक्तिमा हस आएको दाबी गर्दै स्थानीयवासीले क्षतिपूर्ति मागदाबी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय हुँदै नगरपालिकाको कार्यालयमा समेत सहयोग माग गरेपछि बुधबार हाइड्रोपावरका प्रतिनिधि, स्थानीयवासी प्रभावित र जनप्रतिनिधिबीचको छलफलपछि क्षतिपूर्ति दिने सहमति भएको नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।
क्षतिको मूल्याकंन तथा माटोको परीक्षण गरी प्रभावित यकिन गर्न सोलुदूधकुण्ड नगरपालिकाले प्राविधिक खटाउने भएको छ । नगरपालिकाबाट प्राविधिक खटाएर २० दिनभित्र क्षतिको मूल्याकन गरी प्रभावितलाई क्षतिपूर्ति दिइनेछ ।
स्थानीयवासी सावित्री बस्नेतले जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका नागरिकको माग सुनुवाइ नगरेको गुनासो गर्नुभयो । विकासको काम हुनु सुखद पक्ष भए पनि यसबाट जनताको दैनिक जीवनमा परेको असरप्रति आयोजना संवेदनशील नभएको उहाँले आरोप लगाउनुभयो ।
तल्लो सोलुखोला जलविद्युत् आयोजनाका प्रबन्धक कविराज पौडेलले स्थानीयवासीको जायज मागप्रति आफूहरु सकारात्मक रहेको भन्दै स्थानीयवासीको माग पूरा हुने बताउनुभयो ।
छलफलमा नगरपालिकाका प्रमुख नाम्गे शेर्पा, उपप्रमुख कल्पना राई, तल्लो सोलुखोला जलविद्युत् आयोजनाका प्रबन्धक कविराज पौडेल र प्रभावित ३० घरधुरीबाट सहभागी भएका थिए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












