तीन साता वित्दा पनि बालिकाको शव अस्पतालमै

काठमाण्डौ १८ चैत । काठमाण्डौ स्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडर्ताैलको घरमा मृत अवस्थामा भेटिएकी एक बालिकाको शव तीन साता देखि उठ्न सकेको छैन ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका १ की १४ बर्षिया बालिका रिता थामी गत फागुन २६ गते शनिबार नक्साल भगवती बहाललस्थित गड्र्तौलको घरमा मृत भेटिएकी हुन् ।
मृतकका परिवार र आफन्तजनले रिताको आत्महत्य नभई अन्य कारण हुन सक्ने भन्दै घटनाको निष्पक्ष छानबिन नभए सम्म शव नबुझने बताएका छन् ।
अध्ययन र फरेनसिक विभागको पोस्मार्ट रिपोर्ट, घटनाकाे प्रकृति आपसमा बाझिएको कारण बालिकाको आत्महत्या नभई अन्य आशंका भएको कारणले शव नबुझेको आफन्तले बताएका छन् । बालिकाको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा राखिएको छ ।
घरधनी गर्तौलले प्रहरीलाई दिएको बयान र अस्पताललाई दिएको बयान फरक हुनु, झुन्डिएर मृत्यु भएकाे भनिएपनि प्रहरीलाई कुनै खबर नगरी शव अस्पतालमा पर्याउनु , झुन्डिने प्रक्रियामा संलग्न कारण पत्यारलाग्दो नहुनु र फरेनसिक विभागको रिपोर्टले प्रसस्त आशंका जन्माएको पीडित परिवारको भनाइ छ । विभिन्न घट्नाको अध्ययन गर्दा आत्महत्या भन्ने धेरै आधार नै छैन, कसरी झुन्डिएर मरेको मान्नु ? उनकी दिदी हिरा थामीले बताइन् ।
नाष्टमा पठाएको रिर्पोट समय वितिसक्दा पनि प्रहरीले नलिएको पीडित पक्षको गुनासो छ । मृत रिता थामी की दिदीले जानकारी दिए अनुसार उनीहरुलाई तिन देखि एक हप्ता भित्रमा सबै रिपोर्ट आउछ भनेका थिए तर प्रहरी चौकीमा जादा फलोअप नगरेको पाईएको थियो । घट्नापछि प्रहरीले गर्तौला दम्पत्तिलाई पक्राउ गरी एक दिन पछि धरौटिमा छाडेकाे थियाे ।
त्रिवि शिक्षण अस्पतालले गरेको पोष्टमार्टममा अनडिटरामाइन, झुन्डिएको भागमा निलडाम नभएको उल्लेख गरिएको छ ।
यसबारे सिविन नेपालले अध्ययन गरिरहेको जनाएको छ । प्रहरीले सुरुमै जोहरी लिनै नमान्नु र पक्राउ गरेको भोलिपल्टै आरोपिलाई छोड्नुले कारबाही प्रक्रियामा शंका गर्ने ठाउ रहेको सिविनले जनाएको छ ।
महानगरीय प्रहरी टेकुका अनुसार नाष्टको रिपोर्ट आउन ढिला भएको जनाएको छ । दिदी हिरामायाका अनुसार “ घट्नाको १२ दिन अघि बालिकाले आफ्नी दिदी राममाया थामीलाई फोन गर्दा अाफूलाई घरधनीले गालि गरेको बताएकी थिइन् , काम गरिरहेकाे घरबाट फाेन गरेर गुनासाे सुनाउदा बालिकालाई गालि गर्ने हुनाले लुकेर अरुको फोनबाट कुरा गर्ने गरेको पनि उनले बताएकी थिइन् ।
परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार घटनाकाे प्रकृति शंकास्पद भएकाले थप परीक्षणहरु भइरहेको बताए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












