तीन साता वित्दा पनि बालिकाको शव अस्पतालमै

काठमाण्डौ १८ चैत । काठमाण्डौ स्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडर्ताैलको घरमा मृत अवस्थामा भेटिएकी एक बालिकाको शव तीन साता देखि उठ्न सकेको छैन ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका १ की १४ बर्षिया बालिका रिता थामी गत फागुन २६ गते शनिबार नक्साल भगवती बहाललस्थित गड्र्तौलको घरमा मृत भेटिएकी हुन् ।
मृतकका परिवार र आफन्तजनले रिताको आत्महत्य नभई अन्य कारण हुन सक्ने भन्दै घटनाको निष्पक्ष छानबिन नभए सम्म शव नबुझने बताएका छन् ।
अध्ययन र फरेनसिक विभागको पोस्मार्ट रिपोर्ट, घटनाकाे प्रकृति आपसमा बाझिएको कारण बालिकाको आत्महत्या नभई अन्य आशंका भएको कारणले शव नबुझेको आफन्तले बताएका छन् । बालिकाको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा राखिएको छ ।
घरधनी गर्तौलले प्रहरीलाई दिएको बयान र अस्पताललाई दिएको बयान फरक हुनु, झुन्डिएर मृत्यु भएकाे भनिएपनि प्रहरीलाई कुनै खबर नगरी शव अस्पतालमा पर्याउनु , झुन्डिने प्रक्रियामा संलग्न कारण पत्यारलाग्दो नहुनु र फरेनसिक विभागको रिपोर्टले प्रसस्त आशंका जन्माएको पीडित परिवारको भनाइ छ । विभिन्न घट्नाको अध्ययन गर्दा आत्महत्या भन्ने धेरै आधार नै छैन, कसरी झुन्डिएर मरेको मान्नु ? उनकी दिदी हिरा थामीले बताइन् ।
नाष्टमा पठाएको रिर्पोट समय वितिसक्दा पनि प्रहरीले नलिएको पीडित पक्षको गुनासो छ । मृत रिता थामी की दिदीले जानकारी दिए अनुसार उनीहरुलाई तिन देखि एक हप्ता भित्रमा सबै रिपोर्ट आउछ भनेका थिए तर प्रहरी चौकीमा जादा फलोअप नगरेको पाईएको थियो । घट्नापछि प्रहरीले गर्तौला दम्पत्तिलाई पक्राउ गरी एक दिन पछि धरौटिमा छाडेकाे थियाे ।
त्रिवि शिक्षण अस्पतालले गरेको पोष्टमार्टममा अनडिटरामाइन, झुन्डिएको भागमा निलडाम नभएको उल्लेख गरिएको छ ।
यसबारे सिविन नेपालले अध्ययन गरिरहेको जनाएको छ । प्रहरीले सुरुमै जोहरी लिनै नमान्नु र पक्राउ गरेको भोलिपल्टै आरोपिलाई छोड्नुले कारबाही प्रक्रियामा शंका गर्ने ठाउ रहेको सिविनले जनाएको छ ।
महानगरीय प्रहरी टेकुका अनुसार नाष्टको रिपोर्ट आउन ढिला भएको जनाएको छ । दिदी हिरामायाका अनुसार “ घट्नाको १२ दिन अघि बालिकाले आफ्नी दिदी राममाया थामीलाई फोन गर्दा अाफूलाई घरधनीले गालि गरेको बताएकी थिइन् , काम गरिरहेकाे घरबाट फाेन गरेर गुनासाे सुनाउदा बालिकालाई गालि गर्ने हुनाले लुकेर अरुको फोनबाट कुरा गर्ने गरेको पनि उनले बताएकी थिइन् ।
परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार घटनाकाे प्रकृति शंकास्पद भएकाले थप परीक्षणहरु भइरहेको बताए ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











