रासस समाचारको गुणस्तर बढाउन निर्देशन
काठमाडौँ, १८ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समिति (रासस) लाई समाचार सेवाको गुणस्तर वृद्धि गरी आत्मनिर्भर बन्न आग्रह गर्नुुभएको छ ।
रासस केन्द्रीय कार्यालयमा आज भएको छलफलमा राज्यमन्त्री बाँस्कोटाले रासस समाचारको मुहान भएकाले अरुको भन्दा खोजी र पृथक शैलीको समाचार उत्पादन गर्न आग्रह गर्नुभयो । राज्यमन्त्री बाँस्कोटाले राससको सेवा प्रवाहमा वृद्धि गर्नका लागि विदेशी समाचार एजेन्सी र स्वदेशी सञ्चारमाध्यमसँग व्यावसायिक आधारमा थप समन्वय गर्नुपर्ने औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “राससको मुख्य कार्य क्षेत्र समाचार सेवा हो, भवन निर्माण वा अन्य काममा नअल्झिएर समयसापेक्ष रुपमा प्रविधिलाई आत्मसात् गर्दै विज्ञापनसमेत उठाएर टेलिभिजन सेवामा जानुपर्छ ।” सञ्चार राज्यमन्त्रीले सबैको भावनाको प्रतिनिधित्व गर्दै प्रतिफल आउने गरी पारदर्शी र सामूहिक भावनाका साथ काम गर्न व्यवस्थापनसँग आग्रह गर्नुभयो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राज्यमन्त्रीको निर्देशनबमोजिम काम गरिने प्रतिबद्धता व्यक्ति गर्नुभयो । महाप्रबन्धक ओपेन्द्र शर्माले संस्थाका कार्यक्रम र अवस्थाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा सञ्चार सचिव केदारबहादुर अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।
रासस
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...












