रासस समाचारको गुणस्तर बढाउन निर्देशन
काठमाडौँ, १८ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समिति (रासस) लाई समाचार सेवाको गुणस्तर वृद्धि गरी आत्मनिर्भर बन्न आग्रह गर्नुुभएको छ ।
रासस केन्द्रीय कार्यालयमा आज भएको छलफलमा राज्यमन्त्री बाँस्कोटाले रासस समाचारको मुहान भएकाले अरुको भन्दा खोजी र पृथक शैलीको समाचार उत्पादन गर्न आग्रह गर्नुभयो । राज्यमन्त्री बाँस्कोटाले राससको सेवा प्रवाहमा वृद्धि गर्नका लागि विदेशी समाचार एजेन्सी र स्वदेशी सञ्चारमाध्यमसँग व्यावसायिक आधारमा थप समन्वय गर्नुपर्ने औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “राससको मुख्य कार्य क्षेत्र समाचार सेवा हो, भवन निर्माण वा अन्य काममा नअल्झिएर समयसापेक्ष रुपमा प्रविधिलाई आत्मसात् गर्दै विज्ञापनसमेत उठाएर टेलिभिजन सेवामा जानुपर्छ ।” सञ्चार राज्यमन्त्रीले सबैको भावनाको प्रतिनिधित्व गर्दै प्रतिफल आउने गरी पारदर्शी र सामूहिक भावनाका साथ काम गर्न व्यवस्थापनसँग आग्रह गर्नुभयो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राज्यमन्त्रीको निर्देशनबमोजिम काम गरिने प्रतिबद्धता व्यक्ति गर्नुभयो । महाप्रबन्धक ओपेन्द्र शर्माले संस्थाका कार्यक्रम र अवस्थाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा सञ्चार सचिव केदारबहादुर अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।
रासस
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











