छोरा जन्माउने अासमा छवटी श्रीमती ,छैटौँबाट सपना पुरा भाे तर चौबिसै घण्टा मदिरा सेवन गर्ने
रोल्पा, २९ चैत । “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताए ।
पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । उनीबाट दुई छोरी छन् । यस्तै १७ वर्षीया किशोरीलाई उनले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्र्याउनुभयो । उनीबाट सन्तान भएनन् । त्यसपछि उनले एकपछि अर्काे गर्दै केही वर्षको फरकमा २०÷२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी राखे । हाल उनकी श्रीमती करीब २२ वर्षकी छिन् । यसअघि भने उनले पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया विधवा महिलासँग प्रेम विवाह गरेका थिए। उनीबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उनकाे भनाइ छ ।
यसरी छैटौँ श्रीमतीबाट उनकाे छोरा जन्माउने धोको पूरा भएको छ तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन । उनकी कान्छी श्रीमती चौबिसै घण्टा मदिरा सेवन गरी बेहोस हुने गरेपछि उनलाई मानसिक तनाव बढ्दै आएको छ, जसका कारण उनकाे शारीरिक तथा मानसिक रुपमा श्रीमतीलाई यातना दिँदै अाएका छन् । करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि बच्चा सम्हाल्न नसक्ने गरी मदिरा सेवन गर्नुले यो परिवारलाई विक्षिप्त बनाएको छ ।
‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भने झैँ श्रीमतीले घर भरिँदा उहाँलाई शारीरिक तथा मानसिक रुपमा पीडा थपिँदै गए पनि यसको कुनै असर नभएको उनले बताए। यसरी एकमाथि अर्काे सौता हाल्दै गएपछि केहीवर्ष पहिले उनकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा चलाईन्। जसका कारण उनले साढे एक वर्षको जेल जीवनसमेत बिताइसकेका छन् । तर जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बुझिन्छ ।
आफू ज्याला मजदूरी गरेर घर फर्कने बेला मदिरा सेवन गरेर श्रीमती एकतिर लड्नु र चार महिनाको बच्चा अर्काेतिर रोइरहनुले वरपरका छिमेकीलाई समेत हैरानी हुने गरेको छिमेकीले बताएका छन् । यसरी विवाह गरेका अन्य श्रीमतीले छोडे पनि उनका तीनवटी श्रीमती भने उनकै संरक्षणमा फरक फरक स्थानमा बस्दै आएका छन् ।
पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाज अझै पनि छोरीभन्दा छोरालाई प्राथमिकता दिँदै आएको छ । अर्काेतिर घरमा सौता भएको थाहा पाउँदापाउँदै एकपछि अर्काे महिला सौताका रुपमा घरमा भित्रिनुले पनि महिलालाई कमजोर बनाउँदै लगेको अधिकारकर्मीहरुले बताएका छन् ।
महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार महिलाले छोरा वा छोरी जन्माउनुमा उसको कुनै दोष हुँदैन । यसमा दुवैको समान जिम्मेवारी रहन्छ । महिलाकै कारणबाट छोरा नभएको सम्झनु राम्रो होइन । साथै यसरी मनपरी विवाह गर्नु र छोड्नुले श्रीमान् श्रीमतीलाई मात्र नभएर उनका छोराछोरीलाई समेत नकारात्मक असर पारेको हुन्छ भने जसका कारण निर्दाेष बालबालिकाको बिचल्ली हुँदै गएको छ ।
अर्काे कुरा घरमा श्रीमती भएको देख्दादेख्दै बाबुको उमेरको पुरुषलाई श्रीमान्का रुपमा स्वीकार्नु महिलाको मूर्खता हो । महिलाका पक्षमा कानून बनिरहँदा तथा कार्यान्वयन भइरहँदा यसरी महिला अधिकारको दुरुपयोग गर्नु वा आफ्नो कर्तव्य बोध नगर्नुले समाजलाई अमर्यादित तथा दूषित बनाउन सक्छ । त्यसैले कानून विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ । अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन, उनले बताइन्।”
यस्तै जिल्ला अदालत रोल्पाका मेलमिलापकर्ता तिर्था आचार्यका अनुसार आफ्नो अधिकार खोज्दै गर्दा अर्काको अधिकार हनन गर्ने जोकोहीलाई कानूनी कारवाही भयो भने मात्र यस किसिमको विकृति रोकिँदै जाने देखिन्छ । एउटी महिला अर्की महिलामाथि सौता जानु वा वाचा कसम खाएर भित्र्याएकी श्रीमतीमाथि सौता हाल्नु दुवै गलत काम भएको हुँदा यस किसिमका गतिविधिमा संलग्न दुवैलाई कानूनी कारवाही हुनैपर्छ ।
यसैगरी मनोसामाजिक विमर्शकर्ता भावना शर्माका अनुसार छोराछोरीको विवाह भइसक्दासम्म पनि बाबुले दोस्रो तेस्रो हुँदै क्रमशः श्रीमती भित्र्याउँदै जानुले श्रीमान्–श्रीमतीलाई मात्र नभई यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर सिङ्गो गाउँ समाज हुँदै राष्ट्रलाई पर्न जाने भएको हुँदा यस विषयमा सबै सचेत बन्न जरुरी छ । सजायका भागेदारलाई कानूनी कठघरामा नउभ्याएसम्म विकृति रोकिँदैन ।
Comments
अरु समाचार
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...












